१९ जेठ, काठमाडौं । उपत्यकामा १० दिन थप निशेधाज्ञा गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले उपत्यकामा जेठ २१ गतेदेखि ३० गतेसम्म निशेधाज्ञा थप गरिने निर्णय गरेको हो ।
एकसाता अघि जेठ १४ बाट जेठ २० गतेसम्म गरिएको निशेधाज्ञामा किराना पसल खोल्न नपाइने भनेर गरेको निर्णय भने यो पटक खुकुलो बनाउँदै बिहान ९ बजेसम्म किराना पसल खोल्न दिइने निर्णय गरिएको छ ।
बैठकले सार्वजनिक निर्माणलाई खुल्ला गर्ने तथा निर्माण सामग्री ओसार–पसारका लागि रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय समेत गरिएको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार १५:१० मा प्रकाशित






























