back
CTIZAN AD

किन अनिश्चितकालका लागि स्थगित भयो एमाले बैठक ?

वि.सं.२०७८ जेठ २० बिहीवार

969 

shares

जेठ २०, काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहिबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक अन्तिम समय स्थगित भएको हो ।

यसअघि बुधबार पनि अन्तिम समय बैठक स्थगित भएको थियो ।

बताइएअनुसार माधवकुमार नेपाल समूहका नेताहरुसँगको वार्ता निष्कर्षमा नपुगेको कारण बैठक स्थगित गरिएको हो । यसअघि सोमबार राति याक एण्ड यति होटलमा दुई पक्षबीच भएको वार्तापश्चात मंगलबार बसेको बैठकले पार्टी एकताका लागि हदैसम्म लचिलो भएर जाने निर्णय गरेको थियो ।

त्यसयता भएका वार्ताहरु निष्कर्षमा नपुगेको कारण स्थायी समिति स्थगित गरिएको बताइएको छ । अहिले माधव समूह तिर देखिएका ४ नेता ओली समूहतिर जान वार्तामा छन् ।

माधव समूह तिर देखिएका नेताहरु योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल ओली पक्षसँग निरन्तर वार्तामा छन् । उनीहरुले ‘२०७५ जेठ २’ को अवस्थामा पार्टी संरचनालाई फर्काइनुपर्ने माग राखिरहेका छन् ।

वि.सं.२०७८ जेठ २० बिहीवार १५:१७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...