back
CTIZAN AD

संसद विघटनविरुद्व मुद्दा : प्रधानन्यायाधीशले गठन गरे वरिष्ठताको आधारमा संवैधानिक इजलास

वि.सं.२०७८ जेठ २३ आइतवार

687 

shares

जेठ २३, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासको पुनर्गठन गरेका छन् । उनले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।

पुनर्गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन्। उनीहरूलाई संवैधानिक इजलासका लागि बनाइएको रोस्टरबाट वरिष्ठताका आधारमा इजलासमा राखिएको हो।

यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए। नेकपा विवादसम्वन्धी मुद्दा सुनुवाइ गरेकाले उनीहरु संवैधानिक इजलासमा बस्न नमिल्ने जिकीर कानुन व्यवसायीहरुले गरेका थिए ।

गत जेठ ७ गते मध्यरातमा भएको प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्चमा ३० वटा रिट परेका छन् । ति रिटमाथि आइतबारदेखि संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १०:४१ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...