२३ जेठ, काठमाडौं । रुपन्देहीको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको कन्चन १ की ३४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जेठ १७ गते कोरोना संक्रमण भई २२ गते अस्पताल भर्ना भइ आइसीयुमा उपचाररत उनको आइतबार बिहान ७ः१५ मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी अर्घाखाँचीको छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि आइसीयुमा राखेर उपचार गर्ने क्रममा आज बिहान ७ः२५ मा मृत्यु भएको छ । जेठ २१ गते कोरोना संक्रमण भएका उनी २२ गते अस्पतालमा भर्ना भएका थिए ।
वि.सं.२०७८ जेठ २३ आइतवार १३:३९ मा प्रकाशित






























