back
CTIZAN AD

यी दुई देश भ्रमण गर्दै अमेरिकी विशेषदूत

वि.सं.२०७८ जेठ २३ आइतवार

588 

shares

२३ जेठ, वासिङ्टन । अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्केका छन् ।

अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि कतारमा महत्वपूर्ण वार्ताहरु हुने गरेकाले विशेषदूत खलिलजादले ती दुवै देशको भ्रमण गर्न लागेका छन् ।

उनीसँगै उनकै नेतृत्वमा विशेष प्रतिनिधिमण्डल पनि भ्रमणका लागि शुक्रबार अमेरिकाबाट प्रस्थान गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । प्रतिनिधिमण्डलमा अमेरिकी गृह प्रशासनका उच्च अधिकारीहरु, कुटनीतिक अधिकारी, रक्षा अधिकारी र युएसएआइडीका प्रतिनिधि लगायत रहेका छन् ।

प्रतिनिधिमण्डलले अफगानिस्तानको सरकारी उच्च अधिकारीहरुलाई राजधानी काबुलमा भेट्ने कार्यक्रम रहेको छ ।त्यसैगरी अन्य राजनीतिक दलका नेताहरु, नागरिक अगुवा, महिला अधिकारकर्मीलगायत सरोकारवालाहरुसँग पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ ।

टोलीले अगफानिस्तानमा द्वन्द्वरत पक्षहरुलाई वार्ताको माध्यमबाट सम्झौतामा लैजाने र देशमा शान्ति कायम गर्न प्रयास गर्ने भएको छ । राजनीतिक समस्या समाधान गर्ने मुल उद्देश्यका साथ अफगानिस्तान र कतार प्रस्थान गरेको टोलीले द्वन्द्वरत दुवै पक्षसँग छलफल गर्ने भएको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ भने द्वन्द्वका कारण हजारौंको मृत्यु र लाखौं विस्थापित भएका छन् ।
रासस

वि.सं.२०७८ जेठ २३ आइतवार १६:२५ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...