२४ जेठ, बेलायत । बेलायतको शाही परिवारबाट अलग भएका प्रिन्स ह्यारी र उनकी श्रीमती मेघन मार्कललाई सन्तानको रुपमा फेरि अर्को खुशी मिलेको छ । उनीहरुबाट दोस्रो सन्तानको रुपमा छोरी जन्मिएकी छन् । उनीहरुले आफ्नो छोरीको नाम शाही परिवारको नामबाट ‘लिलिबेट लिली डायना’ रखेका छन् ।
ह्यारी र मेघनाको बच्चाको नाममा पहिलो शब्द रानी लिलिबेट महारानीको लोकप्रिय नामबाट राखिएको छ । बीचको नाम हजुरआमा डायनाको सम्मानका लागि राखिएको जनाइएको छ । शाही परिवारको उत्तराधिकारीका क्रममा लिलिबेट आठौं स्थानमा आउँछिन् ।
लिलिबेटको जन्ममा खुशी व्यक्त गर्दै परिवारले भनेको छ, ‘हामीले हाम्रो आशा भन्दा धेरै पायौँ, विश्वभरिबाट हामीलाई प्राप्त प्रेम र प्रार्थनाका लागि आभारी छौं।’ हाम्रो परिवारको लागि यो विशेष समयमा तपाईंको सहानुभूति र समर्थनका लागि धेरै धेरै धन्यवाद ।’ यद्यपि परिवारले बालिकाको कुनै पनि तस्वीर जारी गरेको छैन।
प्रिन्स ह्यारीले अमेरिकी मोडेल मेघन मार्कलसँग सन् २०१८ मा विवाह गरेका थिए । तर उनीहरूको विवाहको लगत्तै शाही परिवारसँग उनीहरुको मतभेद बढेको थियो । यसअघि उनीहरुले एक छोराको जन्म दिएका छन् ।
प्रिन्स ह्यारी र मेघनले २०२० मा बेलायती शाही परिवारबाट विदा हुने घोषणा गरेका थिए । त्यसपछि उनीहरु अमेरिकामा बसोबास गर्दै आएका छन् । दुबै हाल क्यालिफोर्नियाको सान्ता बार्बरा क्षेत्रमा बस्छन्।
बेलायती शाही परिवारबाट अलग भएपछि ओप्रा विन्फ्रे शोमा मेगनको अन्तर्वार्ताले शाही परिवारमा हलचल मचाएको थियो । ह्यारीले मर्केल कालो वर्णको भएका कारण उनले धेरै कष्ट सहनु परेको र यसै कारण दुबैले शाही परिवारबाट अलग हुने निर्णय गरेको खुलासा गरेका थिए ।
ह्यारी र मेघानले मार्चमा ओप्रा विन्फ्रे शोको एक साक्षात्कारमा भनेका थिए कि बेलायती शाही परिवार आफ्नो पहिलो बच्चाको छालाको रंगलाई लिएर ब्रिटिश शाही परिवार निकै चिन्तित थिए । शाही परिवारको दबाबबाट विचलित हुँदै मर्केलले आत्महत्या गर्ने विचारसमेत गरेकी थिइन् । तर शाही परिवारले यसबारे खण्डन गर्दै जातिय भेदभावको आरोप चिन्ताजनक भएको जनाएको छ ।
यद्यपि शाही परिवारले ती आरोपहरूको बारेमा निजी रूपमा कुरा गर्ने निर्णय गरेको थियो । ह्यारीले हालसालै आफ्नो मानसिक समस्याहरूको बारेमा पनि खुल्लमखुल्ला कुरा गरेका थिए । ह्यारीले यो पनि खुलासा गरेका थिए की उनलाई आर्थिक सहायता गर्दै आएको शाही परिवारले आफ्नी पत्नी मार्केलले बच्चालाई जन्मदिनु केही समय अघि रोेकिदिएको थियो । तर उसको आमा डायनाको सम्पत्तीले गर्दा ऊ आफैंको हेरचाह गर्न सक्षम भयो ।
वि.सं.२०७८ जेठ २४ सोमवार १०:२२ मा प्रकाशित




























