back
CTIZAN AD

महामारीमा अपाङ्गता परिवारलाई रोगभन्दा भोकको चिन्ता

वि.सं.२०७८ जेठ २४ सोमवार

612 

shares

२४ जेठ, गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ ।

कोरोना कहरका कारण रोजगारी खोसिएसँगै दैनिकी सञ्चालनमा सकस त छ नै घरमा अपाङ्गता भएका छोराका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

बन्दाबन्दीका कारण मजदुर त समस्यामा पर्नु स्वाभाविक हो तर अपाङ्गता भएका परिवाका लागि यो अभिशाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण झनै जटिल समस्या बनेको हो ।

काठमाडौँबाट बाल्यकालमै पोखरा आएका लक्षु थापा मगर र उनकी श्रीमती मनमायाका चार छोरा र एक नाति अहिले आर्थिक अभावसँगै एउटै कोठामा बस्दै आएका छन् । सानो एउटा कोठा जहाँ खाना पनि पाक्छ र सातै जना सुत्ने गर्छन् ।

जेठ महिनाको रापिलो गर्मीमा कोरोनाका कारण रोजगारी गुमेपछि जस्ताले छाएको कोठामा खोरमा झैँ थुनिएर बस्नुपर्दाको पीडा सुनाउने पनि कोही नभएपछि यतिखेर लक्षुको परिवार निकै चिन्तामा छ ।

चारमध्ये कान्छो १८ वर्षीय छोरा पूर्णे थापा मगर भने पूर्णरूपमा अपाङ्ग छन्। जन्मजात अपाङ्ग भएका पूर्णे बोलचाल हिँडडुल केही गर्दैनन्, उनका दिसापिसाब स्याहार्नु आमा मनमायाका लागि दैनिकी जस्तै बनेको छ । अपाङ्ग पूर्णेले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता भने पाउने भएकाले पनि सो परिवारलाई ठूलै राहत पुगेको छ ।

“यसै त दुःख छ नै, त्यसमाथि एउटा छोरो अपाङ्ग हुँदा हामी धेरै चिन्तामा छौँ”, दुखेसो व्यक्त गर्दै ५० वर्षीय मनमायाले भनिन्, “न बोलीचाली, न हिँडडुल । के गर्नु नियति नै यस्तै रहेछ ।”

उनी भन्छिन्, “हामी जस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेलामा अपाङ्गताका लागि अभैm कष्टकर हुनेरहेछ । परिवारका अरु सदस्यले त आफैले खाना खान सक्छन् तर यसले आफैँ खान पनि सक्दैन, त्यसैले भान्छामा जेजस्ता पाकेको छ पहिला कान्छो छोरालाई खुवाउने गरेकी छु ।”

पूर्णे सानो थियो र दिसा पिसाब गराउँदा बोकेर लैजान सजिलो हुन्थ्यो । अहिले आफूभन्दा ठुलो भइसकेकाले बोक्नसमेत गाह्रो हुने गरेको उनले बताइन् । “सन्तानको माया लाग्दो रहेछ, सकिनसकी उचाल्ने गरेकी छु”,उनले भनिन् ।

आर्थिक अवस्था कारुणिक भए पनि कोही कसैबाट भने उनीहरुले सहयोग पाएका छैनन् । कोरोना रोगले मर्ने चिन्ता आम जनमानसमा परिरहँदा मगरका परिवारलाई भने भोकले मरिने हो कि भन्ने चिन्ताले सताएको छ ।

पोखराको एक निजी स्कुलको गाडी चलाउँदै आएका लक्षुले कोरोना महामारीका कारण उक्त काम पनि बन्द भएको बताए। “निषेधाज्ञासँगै दैनिक रोजगारी गुमेपछि बिहान बेलुकाको खर्च टार्न धौधौ हुने गरेको बताउँदै उनले भने, “धन्न स्थानीय किराना पसलेको मन जितेका थियौँ र उधारोमा भने पनि अहिलेसम्म जेनतेन चुल्हो बलेको छ, नत्र भने भोकले मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”

कोरोनाका कारण शुरु भएको निषेधाज्ञासँगै यतिखेर भाडाको ट्याक्सी चालक कृष्ण, पोखरा छोरेपाटनस्थित एक होटलमा कार्यरत कर्ण र रङरोगनको काम गर्दै आएका सुरोज थापामगरको समेत रोजगारी गुमेको छ ।

बाबु र तीनै छोरासहित चारै जनाको रोजगारी गुमेपछि कमाएपछि तिर्ने सर्तमा किराना पसलबाट समान लगिरेहको बताउँदै उनले चाँडै महामारी अन्त्य भई निषेधाज्ञा हटेमा पुनः रोजगारी चल्ने र आफूहरूको दैनिकी पनि सहज बन्ने विश्वास व्यक्त गरे ।

कोरोनालाई देखाएर विभिन्न नाममा ठाउँठाउँमा सहयोग पुग्ने गरेको सुन्नमा आउने गरेपनि यस पटक हालसम्म कोही कसैले आफूहरूलाई सहयोग नगरेको उनका भनाइ छ । अघिल्लो वर्षको बन्दाबन्दीमा भने पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखरा–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट घरमै खानाको सेट आएको उनले स्मरण गरे ।

“आम्दानीको स्रोत कम र खर्च बढी हुने भएर पनि अहिलेसम्म आफ्नो र परिवारको नाउँमा एक इन्च पनि जग्गा छैन”, उनले भने, “पोखरामा धेरै सुकुम्वासी बस्ती छन् तर आफू भने छोराछोरी पाल्न नै समस्या भएपछि त्यता पनि कुनै ध्यान पुगेन कहीँ कतै सानो जग्गा पाउने हो भने दुःखसुख ओत लाउने घर बनाएर बस्ने इच्छा छ ।”
रासस

वि.सं.२०७८ जेठ २४ सोमवार ११:५६ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...