२४ जेठ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । सो शेयर खरिदका लागि आज जेठ २४ गते देखि असार २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने लघुवित्तले जनाएको छ । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र असार २९ गते दिउँसो १ बजे एनआईबिएल एस क्यापिटल, लिमिटेड लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ जेठ २४ सोमवार १२:५३ मा प्रकाशित






























