Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

बर्थिङ सेन्टर र स्वास्थ्यचौकी पुनःनिर्माण



२८ माघ, काठमाडौँ  । वल्र्ड भिजन नेपालले भूकम्प प्रभावित सिन्धुपाल्चोकमा ‘भोटेचौर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर’(जन्मकेन्द्र) र ‘फुलपिङकोट स्वास्थ्यचौकी’ पुनःनिर्माण गरी स्थानीयवासीलाई हस्तान्तरण गरेको छ ।

वल्र्ड भिजनको सहयोग र स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समिति, सिन्धुपाल्चोकको सहकार्यमा सो स्वास्थ्यचौकी निर्माण भएको हो । समाजकल्याण परिषद्का सदस्य सचिव दिल्लीप्रसाद भट्ट र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा सुरेन्द्रप्रसाद चौरसियाको उपस्थितिमा सो सेन्टर र स्वास्थ्यचौकी हस्तान्तरण गरिएको हो ।

सो अवसरमा वल्र्ड भिजनका डेपुटी अपरेसन म्यानेजर टेक अधिकारीले आफ्नो संस्थाको सहयोगले सिन्धुपाल्चोकमा चार स्वास्थ्यचौकी र एउटा बर्थिङ सेन्टरको मर्मत र पुनःनिर्माण भएको जानकारी दिनुभयो ।

भोटेचौर स्वास्थ्यचौकीको निर्माण सो संस्थाको सहयोगमा गत कात्तिकमा रु ६७ लाखमा पाँच महिनामा भएको हो । सो स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा गर्भवती जँचाउने तथा सुत्केरी गराउने आधुनिक सुविधा उपलब्ध छ ।

पmुल्पिङ्कोट गाविसमा स्वास्थ्यचौकीको पुनःनिर्माण सात महिनामा रु ७५ लाखमा भएको वल्र्ड भिजनले जनाएको छ ।

भूकम्पपछि सो जिल्लाको सरकारी निकायसँग समन्वय गर्दै भूकम्प प्रभावित जिल्लाका छानिएका स्वास्थ्यचौकीको मर्मत र पुनःनिर्माणमा केन्द्रित रहँदै हालसम्म सिन्धुपाल्चोकसहित धादिङ, दोलखा र गोरखामा स्थानीय साझेदार संस्थामार्फत नौ स्वास्थ्यचौकी र एउटा बर्थिङ सेन्टरको मर्मत र पुनःनिर्माण गरेकोे छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम