back
CTIZAN AD

बर्थिङ सेन्टर र स्वास्थ्यचौकी पुनःनिर्माण

वि.सं.२०७३ माघ २८ शुक्रवार

930 

shares

२८ माघ, काठमाडौँ  । वल्र्ड भिजन नेपालले भूकम्प प्रभावित सिन्धुपाल्चोकमा ‘भोटेचौर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर’(जन्मकेन्द्र) र ‘फुलपिङकोट स्वास्थ्यचौकी’ पुनःनिर्माण गरी स्थानीयवासीलाई हस्तान्तरण गरेको छ ।

वल्र्ड भिजनको सहयोग र स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समिति, सिन्धुपाल्चोकको सहकार्यमा सो स्वास्थ्यचौकी निर्माण भएको हो । समाजकल्याण परिषद्का सदस्य सचिव दिल्लीप्रसाद भट्ट र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा सुरेन्द्रप्रसाद चौरसियाको उपस्थितिमा सो सेन्टर र स्वास्थ्यचौकी हस्तान्तरण गरिएको हो ।

सो अवसरमा वल्र्ड भिजनका डेपुटी अपरेसन म्यानेजर टेक अधिकारीले आफ्नो संस्थाको सहयोगले सिन्धुपाल्चोकमा चार स्वास्थ्यचौकी र एउटा बर्थिङ सेन्टरको मर्मत र पुनःनिर्माण भएको जानकारी दिनुभयो ।

भोटेचौर स्वास्थ्यचौकीको निर्माण सो संस्थाको सहयोगमा गत कात्तिकमा रु ६७ लाखमा पाँच महिनामा भएको हो । सो स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा गर्भवती जँचाउने तथा सुत्केरी गराउने आधुनिक सुविधा उपलब्ध छ ।

पmुल्पिङ्कोट गाविसमा स्वास्थ्यचौकीको पुनःनिर्माण सात महिनामा रु ७५ लाखमा भएको वल्र्ड भिजनले जनाएको छ ।

भूकम्पपछि सो जिल्लाको सरकारी निकायसँग समन्वय गर्दै भूकम्प प्रभावित जिल्लाका छानिएका स्वास्थ्यचौकीको मर्मत र पुनःनिर्माणमा केन्द्रित रहँदै हालसम्म सिन्धुपाल्चोकसहित धादिङ, दोलखा र गोरखामा स्थानीय साझेदार संस्थामार्फत नौ स्वास्थ्यचौकी र एउटा बर्थिङ सेन्टरको मर्मत र पुनःनिर्माण गरेकोे छ । रासस

वि.सं.२०७३ माघ २८ शुक्रवार १४:५२ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...