back
CTIZAN AD

बढी मूल्य तिरी खोप खरीद् नगर्न डब्ल्यूएचओको आग्रह

वि.सं.२०७८ जेठ २५ मंगलवार

669 

shares

२५ जेठ, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।

सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ ।

“मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । यो पक्कै पनि चिन्ताको बिषय हो । यसप्रति विश्वास स्वास्थ्य संगठनको ध्यानाकर्षण भएको छ ।” औषधि तथा स्वास्थ्य सामग्री पहुँचका लागि सहायक निर्देशक औषधि पहुँच प्रत्याभूत गर्न बनेको संगठनको समितिका महानिर्देशकले मारियान्गेला बटिस्टा गलभाओ सिमाओले पत्रकार सम्मेलनमा भने ।

खोप किन्नका लागि मध्यस्थको भूमिकाको बिषयलाई संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

सिमाओले कुनै पनि मुलुकले खोप तथा स्वास्थ्य सामग्रीको खारीद् गर्दा कि त कम्पनीमा सिधै सम्पर्क गर्ने वा मध्यस्थकर्ता वैध हो वा होइन प्रष्ट भएर मात्रै काम गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

कोभिड खोप र स्वास्थ्य सामग्रीसँग जोडिएका यी बिषयमा धेरै भ्रम सिर्जना भएको अनेकौँ सामग्रीले स्वास्थ्य मापदण्ड अनुसार अनुसन्धान पूरा गरे नगरेको निश्चित गर्नको लागि निर्मातालाई सम्पर्क गर्नु बाञ्छनीय हुने उनले बताए । प्रमाणित खोप तथा स्वास्थ्य सामग्रीको प्रयोग सङ्क्रमणविरूद्धको अभियानमा आवश्यक भएको पनि उनले बताए ।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन प्रयोग सूचीलाई उल्लेख गर्दै उनले भने, “कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्छ ।”

हालसम्म कोभिड–१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले आठ खोपलाई मान्यता दिएको छ । सिनोफार्म र सिनोभ्याक विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् ।
सिन्ह्वा

वि.सं.२०७८ जेठ २५ मंगलवार १६:१२ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...