back
CTIZAN AD

नेपाल गॉजा वैधानिकरण महाअभियानलाई विश्व हिन्दु युवा संघद्वारा बधाई

वि.सं.२०७८ जेठ २५ मंगलवार

1.1K 

shares

२५ जेठ, काठमाडौँ । विश्व हिन्दु युवा संघले नेपाल गॉजा वैधानिकरण महाअभियानको राष्ट्रिय समिति गठन भएकोमा बधाई तथा शुभकामना दिएको छ ।

विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य तथा गाँजा विभाग प्रमुख समेत रहेका जोसेफ मदन कोइरालाको अध्यक्षतामा गाँजा वैधानिक महाअभियान गठन भएकोमा बधाई तथा शुभकामना दिएको हो ।

संघले हार्दिक बधाई तथा शुभकामना भन्दै निकालेको वक्तव्यमा भनिएको छ ‘जनताको समृद्धिको चाहनालाई पुरा गर्ने दायित्वमा गाजा वैधानिक महाअभियान सफल रहोस् । विश्व हिन्दु युवा संघको सम्पूर्ण परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना । ’

नेपाली जनताको समृद्धिको अन्तिम आशा नै गाँजा भएको भन्दै संघले सल्लाहकार समितिका संयोजक वरिष्ठ अभियन्ता तथा गाजाविज्ञ राजिव काफ्लेको नेतृत्वमा विज्ञ तथा अभियन्ता सम्मिलित ‘गाँजा व्यवस्थापन आयोग’ तत्काल गठन गर्न सरकारसँग माग समेत गरेको छ । आयोग गठन गरी बढी भन्दा बढी ग्रामिण तथा गरिब जनताको आर्थिक उत्थान हुने व्यवस्था गर्न पनि माग गरेको छ ।

विश्व हिन्दु युवा संघले गाजा वैधानिक बनाउन केन्द्रीय समितिबाट पारित गरेर गत पौष २७ गतेको राष्ट्रिय एकता तथा पृथ्वी जयन्तिमा माइतीघर मण्डलामा प्रदर्शन गरेको एक मात्र संगठन भएको वक्तव्यमा जनाइएको छ ।

 

वि.सं.२०७८ जेठ २५ मंगलवार १९:४६ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...