back
CTIZAN AD

एमाले विवाद मिलाउन नेता गौतमको यस्तो छ प्रस्ताव

वि.सं.२०७८ जेठ २५ मंगलवार

696 

shares

२५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी भित्र चुलिँदै गएको समस्या समाधानका लागि नयाँ प्रस्ताव गरेका छन् ।

पार्टी एकता राष्ट्रिय अयिभानको संयोजकसमेत रहेका नेता गौतमले २०७५ जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न प्रस्ताव गरेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २३ गते जारी गरेको पार्टी एकता आह्वान वक्तव्यका सम्बन्धमा बसेको अभियानको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

अभियानको बैठकले गरेका ५ निर्णयहरुको बुँदा नं ३ मा भनिएको छ ‘छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले)को वरिष्ठ नेता, चार उपाध्यक्ष, एक उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गनिर्देश गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।’

बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको बताइएकाे छ । २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्वीकार गर्न सकिन्छ भन्नुलाई एकताको इमान्दार प्रयास मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्षको वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातु¥यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बाबजुद पनि ‘नेकपा (एमाले)लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ’ भन्नुलाई सकरात्मक भनिएको छ ।

यस्तो छ अभियानको बैठकले जारी गरेको विज्ञप्ति :

वि.सं.२०७८ जेठ २५ मंगलवार २०:१८ मा प्रकाशित

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...