back
CTIZAN AD

एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

वि.सं.२०७८ जेठ २५ मंगलवार

837 

shares

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने एमालेका ७ जना प्रदेश सभा सदस्यलाई संसदीय दलले स्पष्टीकरण सोधेको छ ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्ने ७ सांसदहरुसँग २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

दलका नेता शाहले संसदीय दलको ह्रवीप उल्लंघन गर्दै मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहरालाई स्पष्टीकरण माग्दै पत्र पठाएका छन् ।

पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधेका छन् । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘तपाईले नेकपा (एमाले), प्रदेश सभा संसदीय दलको निर्देशन(ह्विप) उल्लंघन गर्ने गम्भिर प्रकृतिको अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र नेकपा (एमाले) प्रदेश सभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला । समयभित्र स्पष्टीकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन भने तपाईलाई नेकपा(एमाले), प्रदेश सभा संसदीय दलको विधान, २०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कार्वाही हुने जानकारी गराइन्छ ।’ स्पष्टीकरण पत्रमा भनिएकाे छ ।

सुदूरपश्चिम संसदीय दलमा माधव नेपाल पक्षधरको नेतृत्वसहित बहुमत संख्या छ । मुख्यमन्त्रीलाई विश्वास मत दिने पक्षमा १७ जना एमाले सांसदहरुले मतदान गरेका थिए । माधव पक्षको मत पाएर मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

वि.सं.२०७८ जेठ २५ मंगलवार २१:२२ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...