२६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साभेदारीका लागि तयार हुनेले माधव नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न किन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।
नेता भट्टराईले नेकपा एमाले एकताको समस्याको मुल जड यहि रहेको भन्दै माधव नेपाल र झलनाथ खनालललाई पनि यस्तै आशयको प्रश्न गरेका छन् । उनले नेताद्धयलाई शेर बहादुर, प्रचण्ड र उपेन्द्रसँग एकता हुन तयार हुनेले आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न किन तयार नहुने भन्ने प्रश्न गरेका हुन् ।
नेता भट्टराईले भनेका छन्– ‘यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।’
वि.सं.२०७८ जेठ २६ बुधवार ०९:३५ मा प्रकाशित






























