back
CTIZAN AD

प्रमोदलाई नै चिनेन भने कसलाई पो चिन्ला र यो सरकारले ?

वि.सं.२०७३ माघ २९ शनिवार

1.5K 

shares

nilkantha-tiwari

उनका सहयोगीहरुले गरेको संकेतमा के बुझिन्थ्यो भने एक दुई सचिव र मन्त्रीहरुले नचाहिँदा प्रस्ताव र बखेडा ल्याएर मिशन तुहाउनसम्म खोजे । डा.प्रमोदले डराएर लुकाए वा मिशन सफल पार्ने वातावरणका लागि नमिठो बोलेनन्, त्यो आफ्नो ठाउमा होला तर, उनी पीडाका बीचमा पनि छत्रे टोपी (ह्याट) लगाएर, घाम, धुलो, वर्षा नभनी कहिले केशरमहल, कहिले वागवजार र कहिले सिंहरदरबार पैदल नै हिड्थे ।

सरकारले नियुक्ति गर्ने ठूलो पदका विषयमा टिप्पणी गर्ने वा अभिमत दिएर दवाव गरिहाल्नु पर्छ भन्ने सोँच भएको मान्छे म हुँदै होइन । म जस्तो सामान्य मुन्छेबाट त्यस्तो हैसियतको कल्पना निकै बाहिरको विषय पनि हो । त्यसो त कुनै र खासै व्यक्तिको नाम लिएर कुरा उठाउने विषय पनि राम्रो होइन नै । विधि, नीति र पद्धति संस्थागत गर्न सकेको खण्डमा सिस्टम वा प्रणालीले जनशक्तिको पहिचान गर्न सक्छ भन्नेमा नै मेरो विश्वास हो ।

निकै लामो छलफल र अविचलित प्रयासपछि खुल्ला विश्वविद्यालयले नेपालमा मूर्तता पाएको छ । यो अभियान अगाडि बढाउन गैरआवासीय नेपाली संघको कार्यकारी नेतृत्वहरु मध्येबाट देवमान हिराचनको साह्रै सक्रियता देखियो भने जीवा लामिछानेहरु लगायतको पनि कम्ती मेहनत रहेको थिएन । संसारभरी छरिएरका नेपाली बुद्धिजीविहरुलाई नेपालमा खुल्ला विश्वविद्यालय चलाउँदा ठिक वा राम्रो हुन्छ भन्ने सम्म त लागेकै थियो होला । तर, त्यसैका लागि को अघि बढ्ने र कसरी बढ्ने भन्ने कुरा सन २००६ अगाडी स्पष्ट रुपमा आउन सकेको थिएन ।

यस्तैमध्ये क्यानडामा रहेका गैरआवासीय नेपाली बुद्धिजीवी डा. प्रमोद ढकाल जस्ले “क्यानडा फोरुम फर नेपाल”का माध्यमबाट नेपालको शिक्षा क्षेत्रमा योगदान पु¥याउने प्रयास गरिरहेका थिए । उनैको मस्तिष्कमा नेपालमा खुला विश्वविद्यालय खोल्नुपर्छ र त्यसका लागि लाग्नैपर्छ भन्ने सोचाइ सन २००५ मा राम्रैसँग आयो । सन २००६ मा उनले संस्थाकै माध्यमबाट छलफल अघि बढाउन थाले । तर संसारभरी आकार लिइसकेको गैरआवासीय नेपाली संघमार्फत अभियान चलाउँदा प्रभावकारी हुने ठानी उनले सन २००८ मा गैरआवासीय नेपाली संघ क्यानडामार्फत संस्थागत ऐजेण्डाको रुपमा यसलाई उभ्याए ।

pramod-dhakal

सन २००९ को ग्लोवल कन्फ्रेन्समा यसले निकै चर्चा र महत्व पनि पायो । गैरआवासीय नेपाली संघको प्रमुख परीयोजनाका रुपमा यसलाई लिइयो । फलस्वरुप यसको टास्कफोर्सको संयोजक समेत यिनै डा. प्रमोदले पाए । जव सन २०१० मा नेपाल सरकार र गैरआवासीय नेपाली संघवीच खुल्ला विश्वविद्यालयको विषयमा समझदारी पत्रमा हस्ताक्षर गरियो, त्यसपछि उनी क्यानडा चटक्कै छाडेर नेपाल प्रवेश गरेको सबैलाई थाहा छ । हुन त यसअघिका वर्षमा पनि नेपाल र नेपालीलाई सानातिना परियोजना बोकेर उनी नआएका होइनन् । तर, जव सरकारसँग समझदारी बन्यो उनी हौशिए । क्यानडाको आकर्षक र सुविधायुक्त जागिर छाडेर खुला विश्वविद्यालय परीयोजनाको फलोअप गर्न उनी काठमाडौंमै डेरा जमाउन थाले ।

“तपाइको त्यति राम्रो जागिर छाडेर यो धुले काठमाडौंमा दुःख पाउनु भयो नी ?” भन्ने ७ वर्ष अगाडि ऐक्यबद्धताको प्रश्नमा उनले भनेका थिए, “म क्यानडा बसेपनि तन–मन र धन सबै नेपाल थियो । त्यहाँ रहँदाको अनुभववाटैे खुला विश्वविद्यालयको सपना देखेको थिए । यो समझदारीसम्म आइपुग्दा ठूलो प्रतिफल पाएको अनुभूति भएको छ ।”

७ वर्ष अगाडि त्यसो भनेका डा. प्रमोदले त्यसको ३ वर्ष पछाडि फेरि अर्को प्रसंगमा भनेका थिए “काम त हुनैपर्छ, समयको माग पनि हो तर जुन रुपमा हुनुपथ्र्यो त्यो अनुपातमा अघि बढ्न सकेन । विशुद्ध प्राज्ञिक र नयाँ स्थापना हुने विषयलाई पनि शर्त र स्वार्थको बन्दी बनाउने प्रयत्न भए । यद्यपी अगाडि बढेको छ सन्तुष्ट नै छु ।” उनले यसो भनिरहँदा पीडा र वेदना पूरै लुकाएको प्रतित हुन्थ्यो ।

उनका सहयोगीहरुले गरेको संकेतमा के बुझिन्थ्यो भने एक दुई सचिव र मन्त्रीहरुले नचाहिँदा प्रस्ताव र बखेडा ल्याएर मिशन तुहाउनसम्म खोजे । डा.प्रमोदले डराएर लुकाए वा मिशन सफल पार्ने वातावरणका लागि नमिठो बोलेनन्, त्यो आफ्नो ठाउमा होला तर, उनी पीडाका बीचमा पनि छत्रे टोपी (ह्याट) लगाएर, घाम, धुलो, वर्षा नभनी कहिले केशरमहल, कहिले वागवजार र कहिले सिंहरदरबार पैदल नै हिड्थे । क्यानडाबाट पनि खासै जम्मा नगरेका उनले हत्तपत्ति ट्याक्सी प्रयोग गर्न हिच्कीचाउथे । धुलो र धुँवा नभनी, दिन र रात नभनी स्वदेश तथा विदेशबाट ऐक्यबद्धता प्राप्त गर्न उनले अहोरात्र खटे । त्यहि खटाइको परीणाम अन्तत नेपालमा कानुन समेत बनेर खुला विश्वविद्यालयको औपचारिक हैसियत स्थापीत हुन सक्यो ।

क्यानडाबाट नेपाल फर्कदा उनलाई कसैले डाह गरेर खिज्याए होलान, कसैले टिहुरे होलान र कसैले निराश बनाउने काम पनि गरे होलान । नेपालमा नयाँ चिजको स्थापना गर्नु कत्तिको गा¥हो छ भन्ने कुरा सानो कम्पनी खोलेर काम गर्नेलाई त थाहा छ भने यो त एउटा विश्वद्यिालयको कुरा प¥यो । गोता, परेशान, हैरानी, खप्कि र धम्की समेत उनले व्यहोरेका छन । यति हुँदा पनि उनले संसारका प्रमुख खुला विश्वविद्यायलमा पहुँच र सम्बन्ध बढाएका छन् । नेपाली जन जनमा खुला विश्वविद्यालयका अभियन्ता प्रमोद ढकाल भनेर स्थापित पनि छन । गाल्न र ढाल्न खोज्नेहरुसंग खासै निहुँ नखोजी जसरी हुन्छ मिशन सफल पार्ने लक्ष्यका साथ उनले खुला विश्वविद्यायललाइ दिवश मनाउने तहसम्म ल्याइ पु¥याएका छन् ।

उनी कुन पार्टीका हुन भन्ने कुरो मलाइ थाहा छैन । नेपाली माटोको सेवा गर्छु भन्ने जोदाहा बौद्धिक अभियन्ता भने उनी अवस्य हुन । अस्वस्थ भएर पटक–पटक ढल्दा र अस्पतालको बेडमा उपचार गराइरहँदा पनि उनको पीर त्यहि केन्द्रीत हुन्थ्यो । “…फाइल…. पुगेको छ… गर्नैपर्ने हो… राम्रोसँग बुझ्न चाहान्नन्….बुझ्लान नी !” यस्तै कुरा बेडबाट सुन्न पाइन्थ्यो । कहीलेकाँही सिंहदरबारबाट हिड्दै आउँदा थाकेर ऐक्यबद्धतामा पसेका डा.. ढकालले आउने वित्तिकै “पानी पिउन पसेको” सुनाउँथे । उनी अफिसबाट निस्कने वित्तिकै उनको अभियान र क्यानडा छोडी आएको कुरा सुनाउँदा सँगै रहेका मीत्रहरुले भन्थे “यो मुन्छेको दिमाग कतै असन्तुलित त छैन” त्यति ठूलो त्याग कस्का लागि ?” गैरआवासीय नेपाली सम्मेलनमा पनि कतिपयको मुखबाट यस्तो सुन्न पाइन्थ्यो ।

जसले जे भने पनि र जति नचाहे पनि खुला विश्वविद्यालय कानुन बनेर संस्थागत भैसकेको छ । यसको नेतृत्व दिने विषय मुख्य र अहम बनेको छ । निश्चय पनि डा. प्रमोद ढकाल भन्दा धेरै देखभेट भएका र सहज व्यक्तिहरु एवं लाइनका प्रोफेसर पनि नेपालमा होलान वा विदेशमा समेत भेटिएलान तर उनको लगाव, संघर्ष र मिहिनेत एवं योग्यता बराबर भेटीएलान भन्ने लाग्दैन । सहि निर्णय हुन सकेन भने केशरमहलभित्रका चराचुरुङगी र सिंहदरबार गेटको सीसिटिभीले पनि आपत्ति नजनाउला भन्न सकिन्न ।

सारा गैरआवासीय नेपालीहरुले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. प्रमोद ढकालजस्तो राष्ट्रप्रेमी र कर्तव्यनिष्ठ प्राज्ञिक व्यक्ति चयन भएको हेर्न चाहेका छन् । नेपालमै रहेका नेपालीहरुको पनि प्रष्ट बुझाइ के हो भने डा. प्रमोद यसका असली अभियन्ता हुन, उनलाई सरकारले चिनेन भने यो सरकारले मुन्छे चिन्दैन भनेर जनटिप्पणी आउने छ भन्दा फरक नपर्ला । एउटा कुलमान छान्दाको प्रभाव सरकारले जसरी पायो, खुलाविश्वविद्यालयको क्षेत्रका लागि डा. प्रमोद छान्दा त्यस्तै र प्रभाव र परीणाम सरकारले पाउने छ भन्नेमा कसैको दुइमत छैन ।

मुख्यत प्रधानमन्त्री र शीक्षामन्त्री ज्यूका सामुन्ने धेरै बाध्यता र घेराबन्दी होलान तर, खुला विश्वविद्यालयको सोँच, संघर्ष, त्याग, लगाव र निष्ठापूर्ण नियमितता हेरेर उचित निर्णय लिन जरुरी यसकारण छ की एउटी आमाले नौ महिना कोखमा राखेर बच्चालाई प्रसवपीडाका वीच जन्माएपछि उसको जीवन संस्कार कसरी अगाडि बढाउने भन्ने क्षमता उनैआमासँग हुन्छ भन्ने मनन गर्नुपर्छ ।

यतिबेला नियुक्तिको चर्चा परिचर्चा चलिरहँदा खुला विश्वविद्यालयको बोर्डमा डा. प्रमोद ढकालको अनुहार झलझली आइरहेको आभाष स्वदेश तथा विदेशका सबै नेपालीमा छ । विश्वास छ यो भावलाई सरकारले भित्रैदेखि मनन गर्नेछ ।

वि.सं.२०७३ माघ २९ शनिवार १०:५८ मा प्रकाशित

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...