Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

बाह्र दल दर्ता



२९ माघ,खोटाङ  । स्थानीय तहको निर्वाचनको चर्चा चलेसँगै खोटाङमा १२ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी फोरम, नेकपा (माले–जनसमाजवादी), चुरेभावर लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसनले जिल्ला निर्वाचन कार्यालयमा पार्टी र जिल्ला कार्यसमितिको नाम दर्ता गराएका छन् ।

नेपालको संविधानको धारा २६९ बमोजिम राजनीतिक दलको विवरण अध्यावधिक गराउनुपर्ने प्रावधानअनुरुप दलको नाम दर्ता तथा विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले जानकारी दिनुभयो । दलको विवरण अद्यावधिकका लागि जिल्लास्थित सबै राजनीतिक दललाई एक महिना अघि पत्राचार गरेको उहाँले बताउनुभयो । दलको नाम दर्तासँगै केन्द्रीय र जिल्ला कार्यालय, कार्यसमितिको नामावली, सम्पर्क नम्बरलगायतका विवरण अद्यावधिक गरिएको कार्यालयले जनाएको छ ।

दर्ता भएका दलमध्ये नेकपा (माले–जनसमाजादी), चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी जिल्लाका लागि नयाँ पार्टी हुन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा