back
CTIZAN AD

बाह्र दल दर्ता

वि.सं.२०७३ माघ २९ शनिवार

918 

shares

२९ माघ,खोटाङ  । स्थानीय तहको निर्वाचनको चर्चा चलेसँगै खोटाङमा १२ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी फोरम, नेकपा (माले–जनसमाजवादी), चुरेभावर लोकतान्त्रिक पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसनले जिल्ला निर्वाचन कार्यालयमा पार्टी र जिल्ला कार्यसमितिको नाम दर्ता गराएका छन् ।

नेपालको संविधानको धारा २६९ बमोजिम राजनीतिक दलको विवरण अध्यावधिक गराउनुपर्ने प्रावधानअनुरुप दलको नाम दर्ता तथा विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले जानकारी दिनुभयो । दलको विवरण अद्यावधिकका लागि जिल्लास्थित सबै राजनीतिक दललाई एक महिना अघि पत्राचार गरेको उहाँले बताउनुभयो । दलको नाम दर्तासँगै केन्द्रीय र जिल्ला कार्यालय, कार्यसमितिको नामावली, सम्पर्क नम्बरलगायतका विवरण अद्यावधिक गरिएको कार्यालयले जनाएको छ ।

दर्ता भएका दलमध्ये नेकपा (माले–जनसमाजादी), चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टी जिल्लाका लागि नयाँ पार्टी हुन् । रासस

वि.सं.२०७३ माघ २९ शनिवार १३:५३ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...