Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

सहरको कोलाहलभित्र पनि शान्त रिसोर्ट



२९ माघ,काठमाडौँ  । राजधानीको निस्सासिँदो वातावरणबाट केही समय शान्त वातावरणमा केही थकान मार्ने चाहना कसलाई पो नहोला र ? यस्तै चाहनालाई मध्यनजर गरी व्यस्त र कोलाहल सहर लाजिम्पाटमा शान्त र सुन्दर वातावरणमा सुविधासम्पन्न ‘सम्पदा गार्डेन रिसोर्ट’ खुलेको छ ।

सम्पदा ग्रुपको रु चार करोड ५० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । कुल ५.५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त रिसोर्टमा दुईवटा आकर्षक भवन छन् भने फराकिलो ठाउँमा सुन्दर बगैँचा र शान्त वातावरणमा पर्यटकले आनन्द लिन सक्नेछन् ।

स्तरीय स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी खोलिएको रिसोर्टमा २० वटा डिलक्स रुम छन् ती सबै रुममा घामको प्रकाश पुग्न सक्छ । ग्राहकको स्वादअनुसार नेपाली, इन्डियन, चाइनिज, इटालियन कन्टिनेन्टल परिकार पनि पाइन्छ ।

पर्यटनमा लामो अनुभव सङ्गालेका पाँचजना व्यवसायीको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्टका महाप्रबन्धक नरेन्द्र मल्लले व्यापार मात्र नभई पर्यटकलाई बेग्लै आतिथ्य सत्कारका साथ गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको बताउनुभयो ।

रिसोर्टबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “व्यस्त सहरको खुल्ला, शान्त र मनोरम वातावरणमा दक्ष जनशक्तिका साथ गुणस्तरीय सेवाबाट पर्यटकलाई खुसी पार्ने हाम्रो लक्ष्य छ ।”

ग्राहकको सन्तुष्टिका लागि छिट्टै ‘हेल्थ क्लब’ सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक आरबी अधिकारीका अनुसार पर्याप्त पार्किङ र पारिवारिक वातावरणको रिसोर्टमा नेपालीका लागि न्यूनतम रु चार हजार र विदेशीलाई रु नौ हजार खर्चनुपर्नेछ, उद्घाटनको अवसरमा सबै सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्