back
CTIZAN AD

रु. बाह्र करोडको सुन्तला निकासी

वि.सं.२०७३ माघ २९ शनिवार

978 

shares

orange

 पाल्पा । यस वर्ष पाल्पाबाट रु. १२ करोड मूल्य बराबरका सुन्तला निकासी भएको छ ।

जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसंगै निकासीसमेत बढेको हो ।

पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका अनुसार पाल्पाबाट वार्षिक ५० हजार भन्दा बढी सुन्तलाका बिरुवासमेत बाहिरी जिल्लामा निकासी हुने गरेका छन् ।

जिल्लाको हिमाली क्षेत्रका जग्गा सुन्तलाखेतीका लागि राम्रो र उपयुक्त हो, जिल्ला कृषि विकास कार्यालय पाल्पाकी बाली विकास अधिकृत निशा कँडेलले भन्नुभयो– जिल्लाका हिमाली क्षेत्रका करिब दुई हजार घरपरिवार व्यावसायिक सुन्तलाखेतीबाट आत्मनिर्भर बनेका छन् ।

जिल्लाको छहरा, मुझुङ्ग, पालुङ्गमैनादी, कुसुमखोला, ख्याहा, भैरवस्थान, नायरनम्तलेस लगायतका गाविस सुन्तला उत्पादनका लागि उपयुक्त क्षेत्र मानिएको छ ।

पाल्पामा सुन्तला उत्पादन बढे पनि तानसेन लगायतका बजारमा अहिले पनि भारतीय सुन्तलाले बजार लिएका छन् । स्थानीयभन्दा पनि भारतीय सुन्तालाको कारोबार यहाँ उच्च रहेको देखिन्छ ।

वि.सं.२०७३ माघ २९ शनिवार १४:०० मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...