३० जेठ, काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भाग सम्म मनसुनी वायु तथा बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी राति पनि देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ जेठ ३० आइतवार ०८:५८ मा प्रकाशित






























