back
CTIZAN AD

पाँच पूर्वप्रधानमन्त्रीहरु राप्रपा अध्यक्ष डा लोहनीको प्रश्न् – तपाईहरुले जनतासँग माफी माग्नु पर्दैन ?

वि.सं.२०७८ जेठ ३० आइतवार

921 

shares

३० जेठ, काठमाडौँ । राप्रपाका अध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी (Dr. Prakash Chandra Lohani) ले पाँच पूर्वप्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।

शनिबार पाँच पूर्वप्रधानमन्त्रीहरुले नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल भएको भन्दै जारी संयुक्त प्रेस विज्ञप्तीका सन्दर्भमा राप्रपा अध्यक्ष डा लोहनीले उक्त सवाल गरेका हुन् ।

पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीको समर्थन गर्दै अध्यक्ष डा लोहनीले विगतमा विदेशी चलखेल भित्र्याउन उनीहरु पनि उत्तिकै जिम्मेवार भएको र त्यसका लागि जनतासँग माफी माग्नु पर्ने बताएका हुन् ।

उनले भनेका छन् ‘बिगतमा विदेशमा गएर बिदेशीको साथ र समर्थन लिएर नेपालको राजनीतिमा बिदेशी चलखेल किन स्वागत गर्नु भयो ? किन बिदेशीहरुको प्यादा बन्नु भयो ? यो कुरो बिदेशी राजनेताहरुले आफ्ना किताबमा समेत प्रस्ट गरेका छन। यो भुल भयो भनेर नेपाली जनतासग के माफी माग्नु पर्दैन?

अहिलेको सरकार पनि विगतको सरकार जस्तै बिदेशीसँग मिलेर बिगतमा हुलेको लम्पसारवादको बाटोमा गैरहेको पनि उनले बताएका छन् ।

अध्यक्ष डा लोहनीले सामाजिक सञ्जालमा लेखेका छन् :
“नेपालको राजनीति मा बाहिरी चलखेल हुन नपावस भन्ने भु.पु. पाँच प्रधानमन्त्रीहरुको भनाइको म खुला समर्थन गर्दछु किनभने यो राष्ट्रिय स्वाभिमानको दृस्टीकोण हो । यति भनिसकेपछि मेरो वहाहरु सग प्रस्न छ – तपाईहरुले बिगतमा विदेशमा गएर बिदेशीको साथ( समर्थन लिएर नेपालको राजनीतिमा बिदेशी चलखेल किन स्वागत गर्नु भयो ? किन बिदेशीहरु को प्यादा बन्नु भयो ? यो कुरो बिदेशी राजनेताहरुले आफ्ना किताबमा समेत प्रस्ट गरेका छन। यो भुल भयो भनेर नेपाली जनतासग के माफी माग्नु पर्दैन?
दुर्भाग्य के छ भने तपाईहरुले बिदेशी सग मिलेर बिगतमा हुलेको लम्पसारवादको बाटोमा यो वर्तमान सरकार पनि राष्ट्रको स्वार्थ भन्दा द्रब्य र सत्ता सर्बोपरि भनेर गैरहेछ।”

वि.सं.२०७८ जेठ ३० आइतवार २०:१३ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...