back
CTIZAN AD

आज देखि नयाँ शैक्षिक सत्र सुरु

वि.सं.२०७८ असार १ मंगलवार

726 

shares

१ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदैछ । कोरोना भाइरसको जोखिमका कारण गत वर्ष जस्तै यसपालि पनि ढिलो गरी विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र आजदेखि देशभर सुरु हुन लागेको हो ।

परीक्षाहरु सञ्चालन गर्न नपाएपनि देशैभरका विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गरिसकिएको र आजबाट नयाँ भर्ना सुरु हुन लागेको हो  ।

शिक्षा मन्त्रालयले आउँदो १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण राख्ने काम पूरा गर्न भनेको छ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइने जनाइएको छ । कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हो ।

कक्षा ११ को पठनपाठन भने भदौदेखि सुरु हुँदैछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन सकेर साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौदेखि नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै, यस शैक्षिक सत्रमा विद्यालय तहको चार वटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ । कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

वि.सं.२०७८ असार १ मंगलवार ११:११ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...