१ असार, काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुने तथा मृत्यु हुनेको सख्या घट्दै गएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ३८० जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार आज मृत्यु हुनेमा गोरखाका २ तथा कास्की र बागलुङका १\१ जना गरी ४ जनाको मृत्यु भएको हो । आज थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ८५४ पुगेको छ ।
त्यसैगरी आज मुस्ताङमा १, म्याग्दीमा ७, पर्वतमा ८, गोरखामा ३५, लमजुङमा १२, तनहुँमा ६५, कास्कीमा १४६, बाग्लुङमा ११, स्याङजामा ५३ र नवलपरासीपुर्वमा ४२ जना गरी ३८० जना नयाँ संक्रमित थपिएका हुन् । कूल संक्रमित ३८० जनामा महिला १८० र पुरुष २०० जना रहेको पनि निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ । साथै आज ३६० जना कोरोना संक्रमित निको भएका छन् ।
आज थपिएका ३८० जनासँगै प्रदेशमा हालसम्म ५१ हजार २७ जना संक्रमित भएका छन् । सोहि अवधिमा ४४ हजार ८२१ जना निको भइसकेका छन् । प्रदेशमा हाल ५३५२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये संस्थागत आइसोलेशन तथा अस्पतालमा ५५२ जनाको उपचार भइरहेको छ भने ४८०० जना होम आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पर्वतका २ सहित थप १२ जनाको मृत्यु
वि.सं.२०७८ असार १ मंगलवार १७:५६ मा प्रकाशित






























