२ असार, काठमाण्डौ । पर्वत जिल्ला पैयु गाउपालिका ६ डाडाकाहु आगलागी पिडितका लागी सवा दुइ लाख रकम हस्तान्तरण हुने भएको छ ।
पैयु गाउपालिका वाड न ४ घर भै हाल अमेरीकाको न्युजर्सिमा बस्दै आएका सामाजिक अभियन्ता राजेन्द्र श्रेष्ठको पहल र समन्वयमा जुटेको २ लाख २७ हजार रुपिया छिटै हस्तान्तरण हुने जनाइएको छ ।
राजेन्द्र श्रेष्ठका अनुसार आफुले ब्यक्तिगत तवरबाट शुरु गरी रोटरीक्लवको सहयोगमा जुटेको सो रकम उनका दाजु लोक प्रसाद श्रेष्ठ र टेक प्रसाद श्रेष्ठले हस्तानतरण गर्ने छन ।
राजैन्द्र श्रेष्ठले शुरुमा जापान र केहि बर्षदेखी यता अमेरीकाबाट सहयोग संकलन गरी पैयुक्ष्ोत्रका बिभिन्न समस्यामा अनुकरणीय काम गर्दै आएका छन ।
उनले भनेका छन –
(Donation for the fire victims in Parvat Nepal
पर्बतको पैयुँ गाऊपालिका स्थित काँहुमा भएको दु:खद आगलागिमा मैले सक्दो सहयोग गर्नेछु भनेर बचनबद्दता जाहेर गरेको थिएँ/ सोही अनुसार online मा मैले GoFundme अकाउन्ट खोलेर शुरुमा म आँफैले $421.00 राखें/ अहिले उक्त account मा $1196.00 जम्मा भएको रहेछ/
त्यस्तै, यसै बारेमा मैले मेरो Hometown Rotary Club – Fair Lawn Sunrise Rotary Club मा पनि सहयोगको लागि अनुरोध गरेको थिएँ/ मेरो अनुरोधलाई सहर्स स्विकार गरी $710.00 चेक हस्तान्तरण गर्नु भयो/ त्यसबाहेक Rotary member Ms. Beverly ले $20.00 र Joann ले $15.00 दिनु भयो/
यसरी जम्मा हुन आएको US $1941.00 ( आजको calculation अनुसार २२७०९७।०० ( दुई लाख सत्ताइस हजार सन्तानब्बे रुपैया) मेरो आदरणिय दाजु लोक प्रसाद श्रेष्ठको नाममा पठाउनेछु/ उक्त रकम दाजु लोक प्रसाद र टेक प्रसाद श्रेष्ठले संयुक्त रुपमा सम्बम्धित निकायमा बुझाउनुहुनेछ/ यस दु:खद घडीमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु/

डलर नेपालमा पुग्दा सम्म बैंकको रेट अनुसार केही थपघट हुनसक्ने ब्यहोरा पनि जानकारी गराउन चाहन्छु/
वि.सं.२०७८ असार २ बुधवार १०:१५ मा प्रकाशित