back
CTIZAN AD

सभापति देउवाद्वारा उद्धार र राहतमा खटिन निर्देशन

वि.सं.२०७८ असार २ बुधवार

687 

shares

२ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई तत्काल विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न मागसमेत गरेका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् ।
रासस

वि.सं.२०७८ असार २ बुधवार १०:०९ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...