back
CTIZAN AD

डा लोहनीको अनुसरणीय अभिव्यक्ति र तरङ्गित राप्रपा

वि.सं.२०७८ असार २ बुधवार

732 

shares

त्याग गर्ने प्रबृत्तिमाथि ग्रहण लागेको समयमा हरिश्चचन्द्र भाव देखियो । ‘मै खाऊ मै लाऊ’ भन्ने मान्यतामा रमाउने संस्कार स्थापित भएको बेला, कुनै पनि मुल्यमा पद छोड्नु हुँदैन भन्ने मानसिकता हाबी भएको बेला ‘सहमती हुन्छ भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु’ भन्ने अभिव्यक्ति उदाहरणीय, अनुकरणीय र अनुसरणीय हो भन्ने ठान्दछु । इतिहासलाई हेर्ने हो भने त्याग गर्नेको नै उच्च मुल्यांकन भएको पाइन्छ ।

हालै पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एक अन्तर्वार्तामा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सकिन्छ भन्ने अभिव्यक्तिले मुलुकमा मौलाउँदै गएको आफूमात्र ठिक, आफै हुनुपर्ने भन्ने मानसिकता दिनु भन्दा लिनुमा प्रसन्न हुने प्रवृतिका विरुद्ध दरो झापड हो भन्ने ठान्दछु । अध्यक्षज्यूको यो अभिव्यक्तिले राप्रपामा तरङ्ग ल्याएको छ । पार्टी भित्र फेरि एउटा बहस अनि उत्साह र आसाका सुनौलो किरण आउँछ भन्ने लागेको छ ।

पार्टीको नेतृत्वले पार्टी र कार्यकर्ताको बृहत्तर हितलाई केन्द्रमा राखेर नेतृत्व र जिम्मेवारी हस्तान्तरण र पुस्तान्तरण गर्ने उदारता देखाउने साहस गर्ने असल र सक्षम नेतृत्व रहेसम्म पार्टीको भबिस्य सुदृढीकरण हुन्छ भन्ने आशा गर्न सकिन्छ । पुस्तान्तरण गर्दा योग्य बनाइ आशिर्वाद सहित हुनुपर्दछ । दिने र लिनेबीच कटुता होइन करुणा हुनुपर्दछ । आरोप प्रत्यारोप अनि तेजोबध गरेर हैन बिश्वासको वातावरण निर्माण हुनुपर्दछ ।

युवाको जोस अनि अग्रजको अनुभवलाई समेट्दै आपसी सद्भाव, बिश्वास अनि एकताको बलमा नेपाली जनताको मन जित्दै राजासहितको प्रजातन्त्र अनि हिन्दु रास्ट्र स्थापना गर्ने पार्टीको सिद्धान्तलाई सशक्त बनाउदै बिश्वासका साथ इमान्दारितापूर्वक, उदार हृदय, गतिशील सोच लिएर नेपाली जनताको बिचमा जाने हो भने राप्रपालाई नेपाल र नेपालीको पार्टीको रुपमा स्थापित गराउन सकिन्छ । जय रास्ट्रवाद ।

(लेखक राप्रपा कार्यसम्पादन समिति सदस्य हुन् । )

वि.सं.२०७८ असार २ बुधवार १०:०७ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...