back
CTIZAN AD

व्यापार व्यवसाय बन्द गरेर बसेका जनतालाई सरकारले भन्यो – असार २५ सम्म कर तिर्नु

वि.सं.२०७८ असार २ बुधवार

639 

shares

२ असार, काठमाडौं । नेपाली जनता कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञका कारण आफ्नो व्यापार व्यवसाय बन्द गरेर डेढ महिना बढीदेखि घरभित्रै छन् । तर सरकारलाई भने जनताका समस्या भन्दा जनताबाट कर उठाउन हतार छ ।

सरकारले असार २५ गतेभित्र कर तिर्न निर्देशन दिएको छ । बुधबार सूचना सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले असार २५ भित्र सबै प्रकारको कर दाखिला गर्न निर्देशन दिएको हो ।

विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन दिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको सूचनामा उल्लेख गरिएको छ । कोरोना महामारी र संक्रमणलाई ख्याल गर्दै आर्थिक ऐन, २०७७ को दफा १९ अनुसार सरकारले कर दाखिला गर्ने म्याद थप भएको विभागले जनाएको हो ।

जारी सूचनामा २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्न भनिएको छ ।

यसैगरी २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण,  २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला र २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला म्याद पनि असार २५ असार गतेसम्मलाइ तोकिएको छ ।

सर्वोच्च अदालतले कर तिर्ने समय तोक्न आदेश दिए लगत्तै सरकारले कर चुक्ता गर्नका निम्ति असार २५ गतेसम्मको समय दिएको हो ।

वि.सं.२०७८ असार २ बुधवार १९:५० मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...