back
CTIZAN AD

बाढीले लघु जलविद्युत्सहित तीन घर बगायो

वि.सं.२०७८ असार ३ बिहीवार

747 

shares

३ असार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार पहिरोले लघुजलविद्युत् परियोजनाको विद्युत् गृहसहित तीन वटा घर बगाएको छ । रुमका विभिन्न ठाउँमा करीब ३५ घर परिवार पहिराका कारण विस्थापित भएका छन् ।

खहरेखोलामा रहेको २२ किलोेवाट क्षमताको लघुजलविद्युत् परियोजनाको विद्युत् गृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडा सदस्य समबहादुर विकले जानकारी दिनुभयो । विद्युत् गृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पु¥याएको छ । परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी विद्युत् सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र दरबाङ र अन्य बस्ती जोड्ने सडक अवरुद्ध भएको छ ।

विद्युत् अभावमा सञ्चार सुविधा पनि प्रभावित भएको छ । रुममा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तारका लागि दुई वर्षअघि नै १०० केभीको ट्रान्सफर्मर जडान, पोल गाड्ने र तार तानिएपनि स्थानीयवासी उज्यालोका लागि लघुजलविद्युत् परियोजनामा नै निर्भर छन् ।

पहिरोपछि आएको बाढीले पात्लेखहरे लघुजलविद्युत् परियोजनाका प्राविधिक बस्ने दुईतले घर बगाएको छ । बेलीमा खेमबहादुर विकको दुईतले घर र एक वटा गोरुसहित गोठ बगाएको छ । रनबहादुर दर्जीको घर पहिराले पुरिएको छ । वडा कार्यालय पछाडिको पहिराले लुप्सीमा सात, बेलीमा तीन र हुन्नेपाखाकासहित वडाभर ३५ घरपरिवार विस्थापित भएको वडा सदस्य विकले बताउनुभयो । बेली र जेमका १०० घरधुरीले प्रयोग गर्ने अर्को लघुजलविद्युत् परियोजनाको विद्युत् गृह र नहरमा पनि बाढी पहिराले क्षति पुगेको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार ०७:५० मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...