back
CTIZAN AD

आज बिहीबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७८ असार ३ बिहीवार

783 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। फाइदाका लागि साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिकूल परिस्थितिमा पनि लाभ भइरहनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा समयमै सावधान रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। भैपरी आउने खर्च भने भइरहनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। काममा जग बसाउने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

२०७८ असार ३ गते, बिहीवार, (१७ जुन २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

वि.सं.२०७८ असार ३ बिहीवार ०७:५४ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...