३ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ ।
बुधबार नेपाल एयरलाईन्सको जहाजबाट थप उपचारका लागि नयाँदिल्ली लगिएका उनको बुधबारदेखि नै उपचार सुरु गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईले बाहिर आएजस्तो नेता खनालमा स्वास्थ्य अवस्था जटिल नरहेको जानकारी समेत दिएका छन् ।
‘हिजोबाट नै वहाँलाई उपचार थालिएको छ । बाहिर सञ्चारका माध्यममा आएजस्तो स्वास्थ्यमा पूर्ण जटिलताको अवस्था भने नभएको सबैलाई जानकारी गराउदछौं ।’ भट्टराईले भनेका छन् ।
ज्वरो आएका कारण गत सोमबार नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनालको भर्ना गरिए पश्चात डाक्टरहरुको निरन्तर प्रयासको बावजुत पनि ज्वरो नियन्त्रण हुन नसकेपछि बुधबार थप उपचारका लागि दिल्ली लगिएको थियो ।
यसअघि कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचार गरेर घर फर्किएको नेता खनाल केही सातापछि ज्वरो आएपछि पुनःः नर्भिकमै भर्ना भएका थिए ।
वि.सं.२०७८ असार ३ बिहीवार १४:२५ मा प्रकाशित






























