back
CTIZAN AD

उद्धारका लागि सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग

वि.सं.२०७८ असार ३ बिहीवार

648 

shares

३ असार, काठमाडौँ । विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्ट्रेचर सहयोग गरेका छन् ।

पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा निमा नाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँलाई १५ थान स्केड स्ट्रेचर प्रदान गरेका हुन् । यसको मूल्य रु छ लाखभन्दा बढी रहेको जनाइएको छ ।

बाहिनीको बलम्बुस्थित कार्यालयमा आयोजित एक समारोहका बीच शेर्पाले बाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई स्टेचर हस्तान्तरण गरेका हुन्। डा शेर्पाले विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त उद्धार सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाए । उक्त स्ट्रेचर नेपालको कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग गरिने उनले जानकारी दिए । उक्त स्ट्रेचर सशस्त्रको उपत्यकाका विभिन्न युनिटमा प्रयोग गरिने जनाइएको छ ।
रासस

वि.सं.२०७८ असार ३ बिहीवार १४:५५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...