३ असार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका २ तथा गोरखा र नवलपरासीपूर्वका १/१ जना गरी ४ जनाको मृत्यु भएको हो । प्रदेशमा पछिल्ला केही दिनयता संक्रमित हुने र मृत्यु हुनेको संख्या घट्दै गइरहेको छ ।
आज थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ८४५ पुगेको छ ।
त्यसैगरी म्याग्दीमा ४, पर्वतमा ५, गोरखामा १६, लमजुङमा ७७, तनहुँमा १०, कास्कीमा ११९, बागलुङमा ५२, स्याङजा र नवलपरासीपुर्वमा २५/२५ जना गरी ३३३ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका ३३३ मध्ये १४७ महिला र १८६ जना पुरुष रहेका छन् ।
आज थपिएका ३३३ जनासँगै प्रदेशमा हालसम्म ५१ हजार ७६८ जना संक्रमित भएका छन् । ती मध्ये ४५,९१२ जना निको भइसकेका छन् भने ४९९१ जना सक्रिय संक्रमित रहेका छन् ।

घट्दैछ गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या, आज ३८० संक्रमित, ४ जनाको मृत्यु
वि.सं.२०७८ असार ३ बिहीवार १७:३९ मा प्रकाशित






























