back
CTIZAN AD

क्षति कम गर्ने दीर्घकालिन रणनीति बनाउन एनआरएनको सुझाव

वि.सं.२०७८ असार ४ शुक्रवार

651 

shares

४ असार, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हरेक वर्ष बाढी र पहिरोबाट हुने जनधनको क्षति कम गर्न दिर्घकालिन रणनीति बनाउन सरकारलाई सुझाव दिएको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले शुक्रवार विज्ञप्ति जारी गर्दै हरेक वर्ष नेपालमा बाढी र पहिरोबाट हुने जनधनको क्षति कम गर्न दिर्घकालिन रणनीति बनाउन नेपाल सरकारलाई सुझाव दिएका हुन् ।

‘हरेक वर्ष नेपालमा बाढी र पहिरोबाट हुने जनधनको क्षतिकम गर्न नेपाल सरकारलाई दिर्घकालिन रणनीति बनाउन पनि सुझाव दिदै पिडितहरुलाई उचित राहत तथा उद्धारको व्यवस्था गर्न समेत अनुरोध गर्दछौं ।’जारी विज्ञप्तिमा भनिएको छ ।

उनले अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पिडितहरूलाई सहयोग गर्न विदेशमा बसेका नेपालीहरुलाई अपिल गरेका छन् ।

मातृभूमीमा रहेका दाजुभाई, दिदिबहिनी तथा आमाबुबाको दुखले आफूहरुलाई पिरोलेको बताउँदै उनले यस दुखद घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नको लागि हार्दिक अपिल गरेका हुन् ।

अध्यक्ष पन्तले बाढी तथा पहिरोमा परि ज्यान गुमाउनु भएका सम्पपूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना समेत प्रकट गरेका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ :

‘अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपाल भरी नै बाढी तथा पहिरो पिडितहरुको दुखले हामी मर्माहित भएका छौं । बाढी तथा पहिरोमा परि ज्यान गुमाउनु भएका सम्पपूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौं ।

हरेक वर्ष नेपालमा बाढी र पहिरोबाट हुने जनधनको क्षेती कम गर्न नेपाल सरकारलाई दिर्घकालिन रणनीति बनाउन पनि सुझाव दिदै पिडितहरुलाई उचित राहत तथा उद्धारको व्यवस्था गर्न समेत अनुरोध गर्दछौं ।

मातृभूमीमा रहेका दाजुभाई, दिदिबहिनी तथा आमाबुबाको दुखले हामीलाई पिरोलेको छ । यस दुखद घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नको लागि हार्दिक अपिल गर्दछु’ भनिएको छ । ”

 

वि.सं.२०७८ असार ४ शुक्रवार २०:३९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...