back
CTIZAN AD

काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

वि.सं.२०७८ असार ५ शनिवार

690 

shares

५ असार । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूताबास क्षेत्रलाई लकडाउन गरिएको छ ।

दूताबासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूताबास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ ।

दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामाभनिएको छ, “कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूताबासका ११४ जना सङ्क्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ ।”

दूताबास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ ।

भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ ९एएफएसए० लाई प्रभाब पारेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन ।

एएफएसएका प्रमुख एरिक रुबिनले भन्नुभयो, “हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ ।”

अफगानिस्तानमा देशब्यापी सङ्क्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो ।

दूताबासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अतिआबश्यकबाहेकका काम स्थगित गरिरहेको छ ।”

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७८ असार ५ शनिवार ०६:५८ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...