back
CTIZAN AD

लघुकथाः चोर

वि.सं.२०७८ असार ५ शनिवार

678 

shares

बाह्र बजे दिउँसोको मध्य घाम जेठको महिना । जताततै चकमन्न लकडाउनको समय । कोरोनाको पहिलो लहर अलिकति शान्त भएपछि अस्तब्यस्त भएको आफ्नो सानो ब्यवसायलाई मिलाउदै थिए बरुणले । लगत्तै शुरु भयो कोरोनाको दोस्रो लहर । पहिलो लहरको आठ–नौ महिनाको बसाईमा जनतन चार जनाको परिवारलाई धानेका बरुण दोस्रो लहर लड्दा आतिन थाले । अझै तेस्रो, चौथो, पाचौं भन्दै गरेका अनावश्यक हल्लाले बरुण मात्र होईन सबैको मनमा त्रास फैलिन थाल्यो ।

एक छोरा एक छोरी र श्रीमती बिहानको खाना खाएर थान्को मुन्को गरि टिभी हेर्दाहेर्दै निदाएछन् । अलिक दिन त बरुण पनि निदाए दिउँसोमा । पछि पछि भने निन्द्रा होईन चिन्ता आउन थाल्यो । के गर्दा कसो गर्दा ठिक होला । कसरी व्यबहार टर्ला भन्दै भित्र बाहिर गर्दागर्दै दिन कट्थ्यो ।

यसैगरी गेट खोलेर बाहिर निस्की पर–पर हेर्दै थिए । घाम बेस्सरी चर्किएको थियो । छेउछाउका रुखका पात कति हल्लिएका थिएनन् ।

‘ हावा चलेको भए पो यी बोटका पातहरु हल्लिउन । उफ, कति गर्मी बढेको’ भन्दै बरुण भित्र पसे गेट बन्द गरेर ।

सुनसान घर । मस्त निदाएका श्रीमती र छोराछोरी उठेका थिएनन् । त्यही बेला भान्सामा आएको स¥याक–सुरुक, स¥याक–सुरुक आवाज सुनेर बरुणका कान ठाडा भए र बिस्तारै भान्सामा छिरे बिरालो पो पस्यो कि भन्दै ।

‘चोर….चोर….चोर….चोर ।’

चिच्याए बेसरी । बरुणको चिच्याएको स्वरले ज¥याक–जुरुक उठे छोराछोरी र श्रीमती । वल्लो पल्लो घरका पनि दौडदै आएर खै चोर भन्दै सामाजिक दुरि कायम गरि सोध्न थाले । बरुणकि श्रीमती र छोराछोरीले परैबाट छिमेकीलाई चोर देखाउदै चोरको गतिविधि सुनाउन थाले ।
बिचरो चोर दायाँबायाँ हेर्नू त के सासै नफेरी खपाखप भातको गाँस टिप्दै थियो ।।।।

नयाँ बानेश्वर , बुद्धनगर, काठमाडौ, फोन नम्बरः ९८४१६६४७३८

वि.सं.२०७८ असार ५ शनिवार ०६:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...