back
CTIZAN AD

कविता: अपिल

वि.सं.२०७८ असार ५ शनिवार

744 

shares

माथी सोलुका ढुङ्गा पराइलाई बेचिनु हुन्न,
तल मेचिमा ढलेका जंगे पिल्लर उठाउनु पर्छ ।
महाकालीको पानी थाहै नपाई सुक्नु हुन्न,
कन्चनपुर र डडेल्धुराको तिर्खा मेटाउनु पर्छ ।।

उस्लाई जाडो भयो भन्दैमा देश नै नाङ्गिनु हुन्न,
देश नङ्ग्याउनेलाई जेल भित्र पसाउनु पर्छ ।
चुरे भावरको गिट्टी बालुवाले ऋण कटाउनु हुन्न,
लिम्पियाधुरामा लगि बस्ती बसाउनु पर्छ ।।

आमाको फरिया बेच्ने हस्ताक्षर गरिनु हुन्न,
आमालाई सुन्दर बस्त्रमा सजाइ हँसाउनु पर्छ ।
अमूल्य जडिबुटी अन्य मुलुकमा पैठारी होइन,
नेपालका रोगीहरुलाई पिलाई बचाउनु पर्छ ।।

कुनै सम्झौतामा कोशीका खुशी खोसिनु हुन्न,
तराईलाई सिञ्चि अनाज दाना फलाउनु पर्छ ।
कुनै साँझ गण्डकीलाई बन्धकिमा बाधिनु हुन्न,
खोली बिकासका द्वार चट्टानलाई यहाँ गलाउनु पर्छ ।।

दार्चुलाको सडक कुनै बिस्तारवादको हुन्न,
हटेर होइन डटेर पाउको माटो बचाउँनु पर्छ,
कतैबाट मातृभूमिको कुनै अंगमा घाउ लाग्नु हुन्न,
उठेर सबै दुश्मनको शिरमा खुकुरी नचाउनु पर्छ ।।

 

वि.सं.२०७८ असार ५ शनिवार ०७:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...