५ असार, कन्चनपुर । पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुसल उद्धार गरिएको छ ।
प्रहरीका अनुसार भिमदत्त नगरपालिका–१० गड्डाचौकीका २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्धार गरिएको हो ।
शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने क्रममा उक्त टापुमा उनीहरु फसेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकी र उत्तराखण्ड भारतीय जल प्रहरी समेतबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुको सकुशल उद्दार गरेको हो । उद्दार गरिएका तीनै जनालाई आफन्तको जिम्मा लगाई को जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
वि.सं.२०७८ असार ५ शनिवार १८:१२ मा प्रकाशित






























