जस्ले समाजका अन्धविस्वास, कुरिती, अन्याय र अत्याचारको बिरोध गर्छ उस्लाई समाज विरोधी, धर्म र देश बिरोधी भनिन्छ । धार्मिक सत्ताले अन्धविश्वास, कुरिती, धामी-झॉक्री, बोक्सी, छुवाछुत, धार्मिक कर्मकाण्ड, पुराण आदी थुप्रै विभागहरू बनाएको छ । सरकारहरूले पनि आफ्नो रक्षार्थ सेना, पुलिस, प्रशासन, अदालत आदी बनाएको हुन्छ । यी दुबैथरी मिलेर साझेदारीमा आफ्नो वर्गको लुटलाई संयुक्त रूपमा धार्मिक राजनीतिक वैधानिकता प्रदान गर्दै आएका छन् । ती सबैसंग सभ्य समाजको लडाई लगातार जारी छ ।
२० औं शताव्दीको उत्तरार्धदेखि धर्म(हरू)को आडमा राजनीतिक-धार्मिक गठबन्धन अझै बलियो बनेको छ । सरकारले अग्रगामी परिवर्तनकारीलाई समाजको शान्ती सुरक्षामा खलल गरेको आरोप लगाउछ र सरकार बिरोधी घोषणा गर्दछ । सेना, पुलिस, प्रशासन, अदालत, व्यापारी उद्दोगीहरूको आडमा तिनीहरूलाई दमन गर्न खोज्छ र विरोध बिद्रोहमा परिणत हुन्छ । तिनैं बिद्रोहीहरूलाई सरकारले आतंककारी पनि भन्ने गरेको पाईन्छ ।
के हो आतंक, को हो आतंककारी ?
आतंक दुईखालको हुन्छ ।
एउटा प्राकृतिक : भुकम्प, बाढी पहिरो आदी ।
अर्को मानव सिर्जीत : लडाई वा युद्ध आतंक हुन्छ ।
१) सिरीया, लिवीया, इराक, नाइजेरीया, अफगानिस्तान आदी देसमा वाह्य देसले गर्ने हवाई हमलालाई अन्तर्राष्ट्रीय आतंकवाद भन्न सकिन्छ । धार्मिक आतंक पनि अन्तरराष्ट्रीय आतंकवाद हो ।
२) देस भित्र सरकार र विद्रोही विचको राजनैतिक युद्द-लडांई फगत संघर्ष हो । धेरै संचार माध्यमहरू सरकारी कव्जामा हुने भएकाले सरकारले राजनीतिक आन्दोलनकारीहरूलाई आतंककारी भन्ने प्रचार गर्छ । हरेक क्रान्ती सरकारको लागी आतंक हुन्छ भने सरकारको दमनले जनताहरू पनि आतंकीत हुन्छन।
राजनीतिक लडाईमा विद्रोहीलाई आतंककारी भन्ने चलन शितयुद्ध पछी रूसी ध्रुवका मुलुकहरू वा कम्युनिस्ट क्रान्तीकारीहरूका बिरूद्द नेटो गठवन्धनले सुरू गरेको हो । कट्टर मुस्लीमहरू, भारतीय हिन्दु अतिवादीहरू, वर्माका सरकारहरू लगायतलाई धार्मिक आतंककारी भन्न मिल्छ तर कतिपय देशमा सरकारले राजनीतिक बिरोधीहरूलाई तह लगाउन आतंककारी भन्ने र संसारका अन्य दलाल-पूँजीवादी तानाशाहहरूको सहयोग प्राप्त गर्ने लहड नैं चलेको छ ।
नेपालमा माओवादी जनयुद्धको बेलामा पनि त्यस्तै भयो । एकातर्फ माओवादीलाइ सरकारले आतंककारी भन्यो । माओवादीहरूको विरूद्ध रेड कर्नर नोटिस पनि जारी गरियो । उनिहरूलाई त्रासको रूपमा प्रचार गरियो । अर्कोतर्फ जनतामा सरकारी आतंक पनि थियो । सरकारले आफ्ना बिरोधी अरू कम्यूनिष्ट पार्टीका मान्छेहरूलाई पनि माओवादी देख्न थाल्यो । एउटा पनि माओवादी समात्न वा मार्न नसक्ने सेना पुलिसका जवानहरू जस पाउनकै लागी सर्वसाधारण माथी कारवाही गर्न पुगे । यस्बाट जनताहरू आतंकीत भए । तर जसै युद्द विराम भो रातारात माओवादी आतंकवादीबाट सरकारवादी भो । आतंककारीको झुटो प्रचार थियो । बास्तवमैं राजनैतिक लडाई थियो त्यसैले गलत साबित भयो ।
अरू त अरू एउटा कम्यूनिष्ट पार्टी सरकारमा बस्ने र अर्को विद्रोही कम्यूनिष्ट पार्टीलाई आतंककारी भनेर प्रतिवन्ध लगाउने अनौठो अवस्था पनि देखियो । कामना गरौं यस्तो विकृति नेपाली राजनीतिले फेरी कहिल्यै भोग्नु पर्ने छैन । उप्रान्त यो देसमा फेरी राजनीतिक लड़ाईमा गोली र बारूद नपड्कियोस । कथंकदाचित भैहालेछ भने पनि आम जनताले आतंक महशुस गर्न नपरोस, सरकार र विद्रोही दुवैले आफ्नो डर त्राशलाई आम जनताको आतंक नबनाओस, सरकारी आतंक बिद्रोहीहरूलाई र बिद्रोहीको आतंक सरकारलाई मात्रै होस । हामीले नक्कली-सक्कली कुनै आतंक सुन्न नपरोस ।
सबैको साझा मार्ग समाजवाद- वैज्ञानिक समाजवाद तर्फ लागौं ।
(लेखक घिमिरे, समाजवादी जागरण अभियान का महासचिव हुन ।) https://www.facebook.com/groups/630322914200478/
वि.सं.२०७८ असार ५ शनिवार १८:३९ मा प्रकाशित






























