back
CTIZAN AD

जमर्नीसँग पोर्चुगल ४-२ गोलले पराजित

वि.सं.२०७८ असार ६ आइतवार

720 

shares

६ असार, काठमाडौँ । युरोकप २०२० मा जर्मनीले पहिलो जित हात पारेको छ । शनिबार राति सम्पन्न भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो ।

खेलको १५ औँ मिनेटमा रोनाल्डोले पहिलो गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो । जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्ज दिएको पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

त्यसपछि खेलको ३९ औँ मिनेटमा पोर्चुगलले दोस्रो आत्मघाती गोल गोल गर्न पुगेका थियो । पोर्चुगलका गुइरेरोले आत्मघाती गोल गरेका थिए । दोस्रो हाफको ५१ औँ मिनेटमा हाभर्ट्जले जर्मनीका लागि तेस्रो गोल गरेका थिए भने ६० औँ मिनेटमा रोबिन गोसेन्सले चौथो गोल गरेका थिए । खेलेको ६७ मिनेटमा जोटाले पोर्चुगलका लागि दोस्रो गोल गर्दै खेललाई ४-२ को अवस्थामा पुराएका थिए ।

जितसँगै जर्मनीले दुई खेलबाट ३ अंक जोडेको छ भने पराजित भएको पोर्चुगलको पनि ३ अकं रहेको छ ।

वि.सं.२०७८ असार ६ आइतवार ११:३९ मा प्रकाशित

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...