असार ७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । सर्वोच्च अदालतको आदेशसँगै साबिक अवस्थामा फर्किएको माओवादी केन्द्रले पार्टी संरचनालाई पुनर्गठित गर्ने उद्देश्यले केन्द्रीय समिति विस्तार गर्न लागेको हो । माओवादी केन्द्रका नेता मातृका यादवले जनाएअनुसार केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी भएको छ ।
माओवादी केन्द्रको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । केन्द्रले सोही व्यवस्थाअनुसार केन्द्रीय समिति विस्तार गर्न लागेको हो ।
तत्कालिन नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिमा माओवादी केन्द्रका २ सय जना सदस्य थिए । सर्वोच्चको आदेशसँगै माओवादी साबिक अवस्थामा फर्किएसँगै १८ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले एमाले प्रवेश गरेका सदस्यहरुको रिक्त स्थानमा पदपुर्ती गर्दै थप ९९ जना सदस्य थप्न लागेको हो ।

पार्टी साबिक अवस्थामा फर्किए लगत्तै माओवादी केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउन ६ सदस्यीय कार्यदल बनाएर अध्ययन गरिरहेको थियो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।
कार्यदलले पार्टी विधान र संगठनका विषयमा विस्तृत अध्ययनको जिम्मा पाएको थियो । कार्यदलले दिएको सुझाबका आधारमा विधान संशोधन र केन्द्रीय समिति विस्तार गर्न लागिएको हो ।
को छन् प्राथमिकतामा ?
माओवादी केन्द्रले केन्द्रीय समिति विस्तारमा मुख्यतः युवा पंक्तिलाई प्राथमिकता दिने गरि छलफल अगाडि बढाएको छ । नेता मातृका यादवका अनुसार नयाँ सदस्यमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइनेछ ।
माओवादी केन्द्रले केन्द्रीय समिति विस्तारमा मुख्यतः युवा पंक्तिलाई प्राथमिकता दिने गरि छलफल अगाडि बढाएको छ । नेता मातृका यादवका अनुसार नयाँ सदस्यमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइनेछ ।
उनले बताएअनुसार समावेशिताको नियमअनुसार ३५ प्रतिशत महिला र १५ प्रतिशत कोटा दलितलाई पनि छुट्याइएको छ । यादवले जनाएअनुसार केन्द्रीय समितिमा क–कसलाई थप्ने भन्ने कुरा प्रदेश कमिटीसँग सुझाब मागिएको छ । जसलाई आज (सोमबार) बस्ने बैठकले टुंग्याउन सक्ने उनको भनाई छ ।
वि.सं.२०७८ असार ७ सोमवार १२:२८ मा प्रकाशित