७ असार, काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते बुकक्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनुको साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित जेठ २१ गते साधारण सभा डाकेको छ ।
नागरिक लगानी कोषको २६ औं वार्षिक साधारण सभा असार १८ गते हुने छ । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
वि.सं.२०७८ असार ७ सोमवार १३:२९ मा प्रकाशित


























