असार ७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रको केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो ।
भर्चुअल माध्यमबाट बसेको बैठकले उनीहरुलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा कारबाहीको निर्णय गरेका थिए । जसलाई निर्वाचन आयोगले स्वीकार गरेको थिएन ।
केन्द्रको कारबाहीमा परेका १४ जनामध्ये सबैभन्दा बढि रौतहटका छन् । १४ जनामध्ये रौतहटमा मात्रै ७ जना कारबाहीमा परेका छन् ।
को–को परे कारबाहीमा
रिनाकुमार साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट
सियाराम कुशवाहा, प्रमुख- कटहरिया नगरपालिका, रौतहट
परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट
गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नरपालिका, रौतहट
कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट
सीमलाल साह, उपप्रमुख- माधवनारायण नगरपालिका, रौतहट
गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट
सतमीलाल दास ताती, सदस्य- लहान नगरपालिका, सिराहा
शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी
छाया देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली
भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगंगा नगरपालिका ४, कैलाली
शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका १, कैलाली
पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका ४, कैलाली
सुरेश कुमार थापा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका १, ओखलढुंगा
वि.सं.२०७८ असार ७ सोमवार १३:२७ मा प्रकाशित






























