७ असार, काठमाडौँ । केहि दिन देखि निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज (सोमबार) भने सामान्य बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । तेजावी सुनको मूल्यमा पनि सामान्य बृद्धि आएसँगै प्रतितोला ८९ हजार ९ सय पुगेको छ ।
आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमै कारोबार भईरहेको छ ।

वि.सं.२०७८ असार ७ सोमवार १३:५१ मा प्रकाशित






























