७ असार, दिल्ली । भारतमा आइतबार ५२ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार संक्रमित हुनेको यो संख्या ८९ दिनकै कमी रहेको समाचार एजेन्सीले जनाएका छन् ।
त्यस्तै सोहि अवधिमा ७७ हजार ९६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने १४२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या पनि विगतका दिनभन्दा निकै कम हो ।
भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९९ लाख पुगेको छ भने निको हुनेको संख्या २ करोड ८८ लाख पुगेको छ ।
भारतमा कूल संक्रमित मध्ये ३ लाख ८८ हजारले ज्यान गुमाएका छन् भने हाल ६ लाख ९७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
वि.सं.२०७८ असार ७ सोमवार १३:५३ मा प्रकाशित






























