back
CTIZAN AD

देशव्यापी रुपमै प्रसिद्ध रहेको जोरायले बास्मती धान रोप्न सुरु

वि.सं.२०७८ असार ८ मंगलवार

702 

shares

८ असार, डोटी । सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु गरिएको छ । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा उत्पादन हुने उक्त धान देशव्यापी रुपमा प्रसिद्ध मानिदै आएको छ । विभिन्न परिकार बनाउन सकिने यस धानको चामल पकाउँदा, खाँदा बासना आउने हुँदा यहाँ निकै लोकप्रिय मानिन्छ ।

सुदूरपश्चिमसहित नेपालभरिका बजारमा निकै लोकप्रिय बन्दै गएको जोरायले बास्मती चामल यो वर्षको असार ५ गतेदेखि रोप्न आरम्भ भएको स्थानीयवासी बताउँछन् । जोरायले बास्मती धान रोप्न यहाँका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ ।

ठीक्कै खालको गर्मी मौसम तथा समथल ठाउँमा मात्रै उत्पादन हुने यो धान यहाँको जोरायल गाउँपालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँमा लगाउने गरिएको स्थानीयवासी चित्रराज भट्टले बताए । उनले भने, “सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बास्मती धान लोप हुने अवस्थामा थियो, अहिले विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण गरिएको छ ।”

यहाँ उत्पादन हुने बास्मती चामल छिमेकी मुलुक भारतका विभिन्न शहरमा पनि बिक्रीका लागि पठाउने गरिएको छ । यसको मूल्य प्रतिकेजी रु १२० पर्ने गरेको व्यापारीहरु बताउँछन् । जोरायले बास्मती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिम प्रदेशभरिमा यस धानको निकै माग हुने गरेको अर्का स्थानीयवासी विजयप्रकाश मल्लले जानकारी दिए ।

जोरायले बास्मती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु अघि सारेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताए उनले भने, “सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बास्मती संरक्षणका लागि हामीले पालिकाको बजेट विभिन्न कार्यक्रम अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्ने छौँ ।”

मनसुन शुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ शुरु भएको हो । खोला किनारमा रहेका फाँटरुमा जोरायले बास्मती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–४ का किसान टेकबहादुर मडैले बताए । उनले भने, “यो वर्ष समयमै वर्षात् भएको छ, अहिले हामी बास्मती धान रोप्न थालेका छौँ, रोपी सकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्षको मौसम राम्रो भएको हुँदा धान उत्पादन बढ्ने अनुमान छ ।”

यहाँका कम्तिमा पनि ८०० हेक्टर जमीनमा जोरायले बास्मती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताए । उनले भने “सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई बास्मती धान रोप्न चटारो भएको छ ।”

अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेकामा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो । मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकको अनुमान रहेको छ । जोरायले बास्मतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पाल्पाली धान समेत लगाउँदै आएका छन् ।

वि.सं.२०७८ असार ८ मंगलवार ०७:४६ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...