back
CTIZAN AD

एउटै वडामा १८० बाख्रापालक कृषक, बाख्रा पकेट क्षेत्रको रुपमा विकास गरिँदै

वि.सं.२०७८ असार ८ मंगलवार

747 

shares

८ जेठ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ ।

वडाभित्रका १८० बाख्रापालक कृषकलाई वडा कार्यालयले किम्बुको बिरुवा वितरण गरेको छ । चितवनबाट खरीद गरी ल्याइएका १० हजार घाँसका बिरुवा कृषकलाई वितरण गरिएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गाउँपालिका, वडा कार्यालय र कृषकको समेत लागत सहभागितामा बिरुवा वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले सो वडालाई बाख्रा पकेट विकास कार्यक्रममा छनोट गरेको छ । सोही बमोजिम वडाका ४५ कृषकलाई रु २० हजारका दरले खोर सुधार कार्यक्रमका लागि रकम प्रदान गरिएको छ । “बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालीम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ,” पोख्रेलले भने “व्यावसायिक रुपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।” उनका अनुसार किम्बुको घाँस बाख्राका लागि पोसिलो हुने र बाख्रा पनि चाँडै बढ्छ ।

गाउँपालिकाका पशु शाखाका प्राविधिक मधुविलास न्यौपानेले किम्बुको घाँस हुर्काउन सजिलो र बाख्राका लागि उपयुक्त रहेको जानकारी दिए । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने तथा किसानलाई आर्यआर्जनमा जोड्ने उद्देश्यले बाख्रा पकेट कार्यक्रम सञ्चालन गरिएको छ ।

बाख्रापालक कृषक मदन अधिकारीले वडा कार्यालयले दिएको किम्बु घाँसको बिरुवाले बाख्रापालनका लागि सहयोग पुग्ने बताए । उनले एक सयभन्दा बढी बाख्रापालन गर्नुभएको छ । अर्का बाख्रापालक कृषक सविना बानियाँले वडाले उपलब्ध गराएको बिरुवा हुर्काएर धेरैभन्दा धेरै घाँस उत्पादन गर्ने बताए । बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको सङ्ख्यामा बाख्रापालन गरिएको छ ।

बाख्रा पकेट कार्यक्रमका लागि गाउँपालिकाले यस वडाका लागि रु १५ लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । उनका अनुसार यसकार्यक्रममार्फत् घाँसको बीउ, नश्ल सुधार तथा खोर सुधारका कार्यक्रम सञ्चालन हुनेछन् । सोही वडामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा भेटेरीनरी अस्पताल निर्माण सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालामा रु ९८ लाख ६१ हजार ४४९ को लागतमा छ कोठाको भवन निर्माण सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरीनरी अस्पताल अति आवश्यकता थियो । उक्त अस्पतालमा पशु चिकित्सकको दरवन्दीमा कर्मचारी खटिनेछन् ।

वि.सं.२०७८ असार ८ मंगलवार ०७:५१ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...