back
CTIZAN AD

बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार १३ आइतवार

624 

shares

१३ असार, काठमाडौं । बागमती प्रदेशमा शनिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार सिन्धुलीका ५० र ४१ वर्षीय, सिन्धुपाल्चोकका ६० वर्षीय र धादिङका २८ वर्षीय पुरुष गरेर ४ जनाको मृत्यु भएको प्रदेशको सामाजिक मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंमा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

त्यसैगरी प्रदेशमा शनिबार पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३१६१ नमुना परीक्षणमा ६७९ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा थपिएको यो संख्या २१.४८ प्रतिशत हो । उपत्यकामा शनिबार २४९ जना नयाँ संक्रमित थपिएका थिए ।

हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा २८७ जनाको उपचार भइरहेको छ भने १३७ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयले प्रदेशमा अझै पनि कोरोना संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार १३ आइतवार ०८:५९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...