Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

बैंकका कर्मचारीबाटै रकम चोरी भएको खुलासा



२ फागुन,धनगढी  । यहाँस्थित इन्भेष्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले चोरी गरेको खुलेको छ ।

बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने बैंककै कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले चोरी रकमसहित उपाध्यायलाई पक्राउ गरेको हो ।

उपाध्यायले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

उहाँले बैंकमा रहेको सिसी क्यामेरा बन्द गरी उपाध्यायले एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको जानकारी दिनुभयो ।

चोरी गरेको रकम निजले आफन्तको घरमा लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । रकम चोरी भएपछि बैंकले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजविनका लागि निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको