back
CTIZAN AD

बैंकका कर्मचारीबाटै रकम चोरी भएको खुलासा

वि.सं.२०७३ फागुन २ सोमवार

855 

shares

२ फागुन,धनगढी  । यहाँस्थित इन्भेष्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले चोरी गरेको खुलेको छ ।

बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने बैंककै कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले चोरी रकमसहित उपाध्यायलाई पक्राउ गरेको हो ।

उपाध्यायले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

उहाँले बैंकमा रहेको सिसी क्यामेरा बन्द गरी उपाध्यायले एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको जानकारी दिनुभयो ।

चोरी गरेको रकम निजले आफन्तको घरमा लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । रकम चोरी भएपछि बैंकले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजविनका लागि निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । रासस

वि.सं.२०७३ फागुन २ सोमवार १६:०१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...