जनयुद्ध शुरु भएको दिन अर्थात् २०५२ फागुन १ लाई माओवादी निकट संगठनहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् । रोजगारी तथा विभिन्न उद्देश्यले प्रवासमा पुगेका माओवादी विचारधारा मान्नेहरुले जनयुद्धको संस्मरण गर्दै कार्यक्रम गरेको समाचार छ ।

विप्लव माओवादी निकट प्रवासी संगठन नेपाली जनप्रगतिसिल मोर्चा मलेसियाले राजधानी के एल मा २२ औं जनयुद्ध दिवस मनाएको छ । एकीकृत जनक्रान्तिको क्रान्तिको कार्यभार पुरा गर्दै समाजबादी ब्यबस्था तर्फ अघि बढौँ’ भन्ने नारासहित कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिति मलेसिया पाटी सयोजक महेस कुमार वली कार्यक्रमको सभा प्रती मोर्चा अध्यक्ष सुमन श्रेष्ठ अतिथिहरु सहिद परिवार किरण बहादुर बोहरा अतिथि घाइते कमरेडहरु दिप किरण क्षेत्री, सुगम मगर, शक्ति बस्नेत अतिथिहरु मोर्चा उपाध्यक्ष सम्भु वस्नेत, आत्म राई, बिस्पोट मगर सचीव हिमाल चौधरी लगाएत पुर्ब जनमुक्ती सेनाले सुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा पुर्ब जनमुक्ति सेना समेत रहेका मोर्चा महासचिव टिकाराम वली नेपाल फर्किनु भएकोले उहाँले नेतृत्व गर्नु भएको जिम्मेवारी अर्जुन सुवेदीलाई दिइएको छ । कोषाध्यक्षमा पुर्व जनमुक्ति सेना सुगम मगरलाई चयन गरियो । सहिद परिवारलाई सम्मान गर्दै सहिदको रगत खेर जान नदिने बाचा सहित सहिद परिवार किरणबहादुर बोहरा लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथीले सुभ कामना मन्तव्य राख्दै एकीकृत जनक्रान्तीबाट मात्र सबहारा बर्गको मुक्ती आउने धारण राख्नुभएको थियो । कार्यक्रममा संयोजक महेस कुमार बली, अध्यक्ष सुमन श्रेष्ठ ,पुर्ब जनमुक्ति सेना कमान्डर दिप किरण मोर्चा उपाध्यक्ष सम्भु बस्नेत र आत्म राई र बिस्पोट मगरले पनि सुभकामना मन्तव्य राख्नुभएको थियो ।
पूर्ब जनमुक्ति सेनाका उल्लेख्य सहभागीता रहेको सो कार्यक्रमको संचाललन प्रव्क्ता आयुस खडकाले गर्नुभएको थियो।
वि.सं.२०७३ फागुन २ सोमवार १६:५२ मा प्रकाशित




























