back
CTIZAN AD

जनसम्पर्क समिति विवाद अन्त्य गरिँदै, साधारणसभामा उपस्थित हुन आग्रह

वि.सं.२०७३ फागुन ३ मंगलवार

756 

shares

नेपाली कांग्रेस पार्टी निकट प्रवासस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाकामा देखिएको विवाद छिट्टै अन्त्य गर्ने प्रयास गरिएको छ । केहि दिन अघि अमेरिका पुगेका नेताहरुको निर्देशनमा जनसम्पर्क समिति अमेरिकाले भेलाको आयोजना गर्न लागेको छ । समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले प्रेस विज्ञप्ती जारी गरी कांग्रेस समर्थकहरुलाई उक्त भेलामा उपस्थित हुनका लागि अनुरोध गरेका छन् । महासचिव नेम्वाङ्गद्वारा जारी विज्ञप्ती :

आदरणिय साथिहरू,
जय नेपाल ।

नेपाली जनसंपर्क समिति अमेरिकाले करिब, १० बर्षे लामो आफ्नो आन्तरिक विवादलाई अन्त्य गर्दै, दुई बर्ष अघि नोभेम्म्भर २२र २३ र २०१४ का दिन ,टेक्सास राज्यको डलास शहरमा भएको एकताको दोस्रो अधिवेशनबाट एउटा निर्वाचित समितिको छनौट गरेको कुरा हामी सबैमा जगजाहेर छ ।
उक्त एकताको अधिवेशनले दिएको संन्देश र भावनालाई आत्माबोध गर्न नसक्दा, संगठन सहज ढंगले चल्न नसकेको ईतिहास पनि हामीसंग ताजै छ । जसका कारण संस्थामा पुनस् विवाद भित्री, विभिन्न समयमा, विविध किसिमका समस्या, कठिनाई र असमतिहरू पैदा भई, संगठनले आफ्नो नियमित बार्षिक साधरण सभा समेत गर्न नसकेको तितो यथार्थ हामी संग छ । यिनै कुरालाई बिशेष ध्यानमा राखि एकताको खातिर गत जनवरी १४,२०१७ मा टेक्सासको डलास शहरमा बसेको नेपाली जनसंपर्क समिति अमेरिकाको उपलब्ध, केन्द्रीय समितिको आकस्मिक बैठकले आम साथिहरूको भावना र चाहनाको कदर गर्दै, संस्थामा देखिएको सम्पुर्ण विवादको अन्त्य गरे पछि संगठनमा नयाँ उर्जा र जागरण थपिएको छ । यस संगठनमा एकता ल्याउनका लागि विभिन्न चरणमा पहल गर्नुहुने नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइराला, केन्द्रीय सदस्य डा प्रकाश शरण महत, केन्द्रीय सदस्य बिरबहादुर बलायर, केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ लगायत सबैलाई नेपाली जनसंपर्क समिति अमेरिका धन्यवाद व्यक्त गर्दछ ।

अहिले यस्तो सिंगो संगठनमा एकता छाएको वेला, सबै च्याप्टरहरूको अधिवेशन गराई संस्थाको केन्द्रीय अधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने हामीमा एकातिर नैतिक जिम्मेवारी छ भने अर्कोतिर, उक्त अधिवेशन गराउँनका निमित्त सुरूका दिन देखि नै संस्थाको विधान र च्याप्टर गाइड लाईनमा देखिएको गम्भीर विवाद र समस्याहरूको चाँडै अन्त्यगरी एकरूपता ल्याउन अत्यावशक छ । यी र यस्ता संस्थामा देखिएका अनेक विवाद र समस्याहरूको एकै साथ समाधान गरी संगठनको धमनीमा नयाँ रक्तसंन्चार गराउनका लागि साधरणसभा मात्र एउटा अपरिहार्य विकल्प भएको कुरा हाम्रो केन्द्रीय समितिले महसुस गरेको छ ।

त्यसैले यहि, फे्रबुअरी ५ तारिक २०१७ आईतवारका दिन बसेको समितिको कन्फरेन्स बैठकले आउँदो अप्रिल ८ तारीक २०१७ शनिवारका दिन संस्थाको साधरणसभा गर्ने निर्णय गर्दै, फेव्रेवरी ८ तारीक २०१७ बुधवारका दिन परामर्शका लागि च्याप्टर सभापतिहरूसंग बसेको सम्युक्त कन्फरेन्स बैठक पछि सबैलाई पायक पर्ने स्थान भर्जिनिया राज्यमा संस्थाको पहिलो साधरणसभा गर्ने निर्णय गरेको छ ।

त्यसैले सबै विमतिहरूको अन्त्य गर्दै, संगठनलाई अझ मजबुद, बलियो र एक ढिक्का बनाउने उदेश्यले गर्न लागिएको यो साधरणसभालाई सभ्य र भव्य रूपमा सफल बनाउनका लागि आउँदो अप्रिल ८ तारीक २०१७ शनिवारका दिन भर्जिनिया राज्यमा, नेपाली काँग्रेसका अग्रजहरू, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि ज्युहरू, नेपाली जनसंपर्क समिति अमेरिकाका पुर्व एवं वर्तमान सल्लाहकार ज्युहरू, पुर्व संयोजकज्युहरु, कार्यसमितिका पुर्व एवं वर्तमान साथिहरू, सबै च्याप्टरका पुर्व एवं वर्तमान सभापतिज्युहरू तथा च्याप्टरसंग आवद्द समितिका साथिहरू, शुभचिन्तक, शुभेच्छुक, विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू लोकतन्त्रप्रति आस्थावान साथिहरू, बुद्दीजिवि, प्रत्रकार, कलाकार,साहित्यकार, व्यापारी लगायत आम जनसमुदायमा उपस्थितिको लागि नेपाली जनसंपर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ ।

धन्यवाद
मुनिन्द्र नेम्वाङ
महासचिव
नेपाली जनसंपर्क समिति अमेरीका
१२ फ्रेबुअरी २०१७

वि.सं.२०७३ फागुन ३ मंगलवार ०२:२९ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...