back
CTIZAN AD

ग्लोबल आइएमई र प्यासिफक डेभलपमेन्टद्वारा एकिकृत कारोबार सुरु

वि.सं.२०७३ फागुन ३ मंगलवार

1K 

shares

global ime bankग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ्ग जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई मिति २०७३/११/०१ गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिंरजिवी नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गर्नुभयो । लमजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चँुक्ता पूँजी १३ करोड २९ लाख रहेको थियो । प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुँक्ता पूँजी रु. ७ अर्व २४ करोड (आ . व. २०७२/७३ को प्रस्तावित वोनस शेयर रु. ९८ करोड ६३ लाख सहित) , कुल निक्षेप रु.८५ अर्व, कर्जा लगानी रु. ७२ अर्व ८८ करोड र ९४ वटा शाखा कार्यालय पुगेका छन् ।
बि.स. २०६३ पौष १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दश बर्षको अवधिमा निजि क्षेत्रका वाणिज्य बैंकहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।

वि.सं.२०७३ फागुन ३ मंगलवार ०३:२५ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...